रौतहट १० असोज । रौतहटको फतुवा विजयपुर नगरपालिकामा हालसम्म नगर सभा हुन सकेको छैन ।
नगरसभा हुन नसक्दा नगरपालिकाको काम कारवाही प्रभावित बनेको छ भने भावी योजना समेत नबन्दा नगरपालिका लथालिङ बन्न पुगेको छ । मेयर र प्रमुख प्रशासकीय अधिकृतबीच कुरा नमिल्दा परिषद हुन नसकेको बुझिएको छ ।
जसका कारण कर्मचारीको तलब समेत निकासा रोकिएको छ । तलबकै कारण बुधबार नगरक्षेत्रका सबै विद्यालयहरू बन्द गरेर शिक्षक धर्नामा बसेका थिए । अहिले त्यस क्षेत्रको शैक्षिक अवस्था अस्तव्यस्त भएको छ ।
यस्तो अवस्थामा केन्द्र सरकारले हस्तक्षप गरेर परिषद गराउनुपर्छ । फतुवा विजयपुर नगरपालिकाका मेयर गोपालराय यादव र प्रमुख प्रशासकीय अधिकृत रञ्जना साह बीचको विवादले अहिलेसम्म परिषद हुन नसकेको हो । नगरपालिकाको ३ करोड रकमको खर्चको विवरण मेयरले मागेपछि विवाद उत्कर्षमा पुगेको हो ।
यही विवादका कारण कर्मचारीको तलब निकास हुन सकेको छैन । यस क्षेत्रका ३२ वटा विद्यालयका झन्डै २ सय शिक्षक बुधबारबाट नगरपालिकामा धर्ना बसेका छन । उनीहरू धर्नामा बसेपछि कार्यालयमा एक जना पनि कर्मचारी बसेका छैनन । मेयर यादव र अधिकृत साह समेत कार्यालयमा छैनन् ।
दुवै बीचको विवादले परिषद हुन नसकेको र पर्व नजिकि“दै गर्दा तलब नपाएकाले मारमा परेको शिक्षक रञ्जन खरेलले बताए । एउटा ३ करोडको हिसाब माग्ने अर्को दिन नसक्ने कारणले विवादको रुप लियो र कारणस्वरुप परिषद हुन नसकेको कर्मचारीको तर्क पनि यो । नगरप्रमुख र कर्मचारी प्रमुखको हठका कारण सिंगो नगरपालिकानै अनिर्णयको बन्दी हुन पुग्नु दुखद बिषय हो । बिनासर्त खुवाउनु पर्ने तलब सरकारी रबैयाका कारण ढिला भएको शिक्षकको आरोप पनि आफ्नो स्थानमा ठिकै छ । दसैं लगायतका पर्व नजिकि“दै गर्दा एकजना पनि शिक्षकले तलब पाएका छैनन । उनीहरूले ९ महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । उनीहरुको गुनासोको सुनुवाई हुन जरुरी छ ।
चालु वर्ष ०७६÷७७ का लागि परिषद् गराउन नसक्दा यो नगरपालिकाको बजेट निकासा हुन सकेको छैन । स्थानीय सरकार सञ्चालन ऐनअनुसार स्थानीय तहले प्रत्येक वर्ष असार मसान्तभित्र परिषद् अनिवार्य सम्पन्न गरी प्रदेश र संघीय सरकारलाई जानकारी गराउने प्रावधान छ । तर ४ महिना बितिसक्दा पनि नगरपालिका भित्रको विवाद मिलाउन नसक्दा परिषद् हुन सकेको छैन । जनप्रतिनिधि र कर्मचारी बीच विवादले परिषद् हुन नसकेको पाइएको छ । अघिल्लो वर्ष पनि यो नगरपालिकामा मेयर र उपमेयर बीच ठूलै विवाद भएको थियो ।
त्यस बेला विकास निर्माणको काम ठप्प भएको भन्दै चौतर्फी दबाब परेपछि परिषद् भएको थियो । परिषद् ढिला भएपछि चालु वर्ष्भित्र नगरपालिकामा कुनै पनि विकास निर्माणका काम राम्ररी सम्पन्न हुने छाट देखिएको छैन । जनताको सेवाका लागी स्थानीय सरकार गठन भएका कारणले आफुआफुबिचको दुरी घटाउ“दै विवादका विषयमा छलफल गर्दै अगाडी बढे सिंगो नगरपालिकाका लागी राम्रो हुने थियो ।