गौर,२७ असोज । रौतहट प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्लाको बौधीमाई नगरपालिका वडा नं. ८ हनुमान चोकमा खटिएको अपराध अनुसन्धानको टोलीले शंकालागी चेकजा“च गर्नेक्रममा भारतबाट नेपाल भित्रदै मौलापुर तर्फ पैदल हिडी जादैं गरेको अवस्थामा मौलापुर नगरपालिका वडा नं. ८ बस्ने वर्ष २७ को मेघु महतो, बारा जिल्ला आदर्श कोतवाल गाउ“पालिका वडा नं.३ भटिनीया बस्ने वर्ष २३ को जयशंकर राय यादवलाई लागुऔषध सहति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ । पक्राउ परेका महतो र यादवका साथबाट लागु औषध नुरफिन २५० पिस , डाईजापाम २५० पिस र फेनारगन २५० पिस समेत गरी जम्मा ७५० पिस बरामद गरेर थप अनुसन्धान गरिरहेको प्रहरी कार्यालयले जानकारी दिएको छ ।