मौलापुर / रौतहटको मौलापुर नगरपालिकाले आगलागी पीडितलाई सहयोग गरेको छ । नगरप्रमुख रिना साहले राहतस्वरुप पीडित परिवारलाई ३० हजार, २५ हजार, त्रीपाल २ थान र सेनिटरी प्याड बितरण गर्नुभएको छ ।
नगरप्रमुख साह र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र साह घटना स्थलमा पुगि निरीक्षण गरि उक्त राहत सामाग्री वितरण गर्नुभएको हो । मौलापुर नगरपालिकामा पर्ने पथरा बुधराममा सोमबार राती करिब १० बजेको समयमा आगलागी भएको थियो । स्थानीय साहेब नुनियाको गाईभैसीको गोठमा लागेको आगो फैलिएर छिमेकमा रहेका सिकेन्द्र महतो, उमेश महतो, गणेश महतो र बिगु महतोको घरमा क्षती पुगेको थियो ।