अपहरण मुद्दाका फरार प्रतिबादी पक्राउ

गौर,२९ असोज । रौतहट प्रहरीले एक फरार अभियुक्तलाई पक्राउ गरेको छ । रौतहटको दुर्गा भगवती गा“उपालिका वडा नं.४ बस्ने लाल महम्द मिया“ कवारीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।
कवारीले यमुनामाई गाँउपालिका वडा नं.४ बस्ने बर्ष २२ को चिन्टु भन्ने राकेश कुमार साहलाई घरमा गई धारिलो हातहतियार, बन्दुक समेत देखाई ज्यान मार्ने नियतले अपहरण गरि लगेको र मुद्दा परेपछि फरार रहेकोमा अपराध अनुसन्धानको टोलीले पक्राउ गरेको प्रहरी कार्यालयले जानकारी दिएको छ ।
फरार अपराधी पक्राउ गर्ने बिशेष अभियान फरार प्रतिवादी लाल महम्द मिया“ कवारीलाई गौर नगरपालिका वडा ५ गौरबाट सिरसिया तर्फ जादैं गरेको अस्थामा पक्राउ गरी थप अनुसन्धान अगाडी बढाईएको प्रहरी कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles