चन्द्रपुर / घर पाउने आशामा अर्कालाई विश्वास गरेर पैसा दिएका रौतहटका ८३ घरपरिवार ठगिन पुगेका छन् । जिल्लाका दलित सामुदायका बासिन्दालाई घर बनाई दिने भन्दै एक संस्थाले ठगि गरेको पाईएको छ ।
नेपाल लाईफ सेटल च्यारिटि ट्रष्ट नाम गरेको संस्थाले दईशनाथ र परोहा नगरपालिकाका ८३ घरधुरी परिबारसंग रकम लिएर घर बनाई दिने भन्दै ठगि गरेर फरार रहेको पाईएको हो ।
जिल्ला प्रशासन कार्यालय गौरमा दर्ता भएको नेपाल लाईफ सेटल च्यारिटि ट्रष्टले घर बनाईदिने आश देखाएर प्रति परिवार ३० हजारका दरले रकम लिएर फरार भएपछि आफुहरु पिडित भएको भन्दै चन्द्रनिगाहपुर आएका पीडित महिलाले संचारकर्मी संग आफुहरुको रकम उठाएर सहयोग गरिदिन आग्रह गरेका छन् ।
नया“ घर बन्ने लोभमा रकम दिएपछि संस्थाका कर्मचारी गा“उनै आउन छाडेपछि ठगिएको स्थानीय चमेली देवीले बताईन । गा“उका करिव ८३ जना संग रकम लिएर उनीहरु सम्पर्क विहिन भएको उनको भनाई छ ।
चमेली देवी संगै सारदा देवी, खुरसदा खातुन, उर्मिला देवी, गिरजा देवी पासवान, भुलिया देवी बैठा, लिला देवी सहनीले नया“ घर बनाउनका लागी संस्थालाई रकम दिएको तर अहिले सम्पर्क विहिन भएपछि प्रहरीमा उजुरी दिएको बताएका छन् ।
२०७५ साल कार्तिक ३० मा जिल्ला प्रशासन कार्यालय रौतहटमा दर्ता रहेको उतm संस्था २९२४५ दर्ता नं. मा समाज कल्याण परिषदमा आवद्ध रहेको छ । चन्द्रपुर नगरपालिका वडा नं. ४ मा कार्यालय उल्लेख गरीएको उतm संस्थाको कार्यालय अहिले बन्द छ । संस्थाका प्रतिनिधि उमेश कुमार साहले रकम लिएको र संस्थाकै राजरानी कुश्वाह साक्षी रहेको पीडत भुलिया देवी बैठाको भनाई छ ।
घर बनाउनका लागि ३० हजार माग गरेको र घर बनिसकेपछि २५ हजार रकम फिर्ता दिने सर्त उनीहरुले गरेको बैठाको भनाई छ ।
रकम ठगि गरेको उजुरी ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा परेपछि संस्थाको नाममा रकम लिने माधवनारायण नगरपालिकाको भुलियामा घर भएका उमेश साह र अर्को सर्लाही घर भएका राजरानी कुश्वाह सम्पर्क विहिन रहेका छन ।
ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी कबित कटवालले रकम ठगि भएको भन्दै महिलाहरु बाट उजरी परेको बताए । उजुरी परेका कारण प्रहरीले संस्थाका प्रतिनिधि खोजी गरिरहेको र ठगिन पुगेका दलित महिलाहरुको रकम फिर्ता गराउन प्रहरी लागीपरेको डिएसपी कटबालले बताए ।
घर पाउने आशामा ठगिए ८३ घरपरिवार
https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg
https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg





