सशस्त्र प्रहरीद्धारा लाखौंको पटका बरामद

गौर,६ कात्तिक ।
सशस्त्र प्रहरीले बुधबार रौतहटमा ठूलो परिमाणमा पटकाजन्य पदार्थ बरामद गरेर नष्ट गरेको छ । सीमा सुरक्षा पोष्ट बेलबिछवाले एक लाख ७० हजार बराबरको पटकाजन्य पदार्थ बरामद गरेर नष्ट गरेको सशस्त्र प्रहरी निरीक्षक अजय थापाले जानकारी दिए ।
नेपाल भारतको दशगजा क्षेत्रबाट नेपाल ल्याउ“दै गरेको अवस्थामा सशस्त्र प्रहरी निरीक्षक थापाको टोलीले उक्त समान बरामद गरेको हो । जिल्लाको राजदेवी नगरपालिका ८ बेलबिछवामा जनप्रतिनिधि, संचारकर्मी, सुरक्षाकर्मीको रहोवरमा बरामद गरिएको पटका नष्ट गरिएको थापाले जानकारी दिए ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg