वडाध्यक्ष अमर आलेको मनलाग्दी,बाटोको फोहोर हटाउन माग

चन्द्रपुर,०८ कार्तिक ।
चन्द्रनिगाहपुर—गैंडाटार सडकखण्डको दायाबाया थुपारिएको माटो र ग्रेभलका कारण बाटो साघुरिएको छ ।
थुपारिएका सामाग्रीहरु नहटाईंदा आवतजावतमा समस्या आएको स्थानीयले बताएका छन् । फराकिलो बाटो साघुंरिदा दुर्घटना समेत बढेको स्थानीयले बताए ।
गत असारमा आएको बाढीका बेलामा पानी निकाशाका लागी हचुवाका भरमा बाटो भत्काउने र माटो,ग्रेभल जस्ता सामाग्री बाटोको दाया—बाया राखिएको भएपनि हालसम्म हटाउने तर्फ वडा कार्यालय र नगरपालिकाको कार्यालयको ध्यान जना नसकेको स्थानीय अधिकार लामिछानेले बाताए ।उनले वडा नम्बर ४ का वडाध्यक्ष अमर बहादुर आलेलाई बाटोमा राखिएका सामाग्री हटाउन बारम्बार भनेपनि उनले कुनै चासो नदेखाएको गुनासो गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles