नबराज कोइराला
१५ कार्तिक, हेटौंडा ।
एसिड प्रहार गरी फरार रहेका एक भारतीय अभियुक्तलाई मकवानपुर प्रहरीले आज सार्वजनिक गरेको छ ।हेटौडाकी विन्दबासिनी कंसाकारलाई एसिड प्रहार गरी छ वर्ष देखी फरार रहेका भारतीय नागरिक भारत महाराजगंज अमरपुर्वन वडा नम्बर ६ का राज भनिने दिलिपराज केशरीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
हेटौँडामा बस्दै आएका केशरीले कंसाकारलाई प्रेम प्रस्ताव अस्वीकार गर्दा २०७० साल बैशाख ९ गते पसलमै गएर एसिड प्रहार गरी फरार भएका थिए ।
केशरीको अनुहारमा एसिड प्रहार भएपछि अनेकन दुःख कष्ट व्यहोर्दै उनले नेपाल लगाएत भारतका विभिन्न अस्तालमा उपचार गर्नु परेको थियो । दोषिलाई कारवाहीको माग गर्दै उक्त समयमा हेटौडा का जनताहरूले मकवानपुर प्रहरी माथी व्यापक रूपमा जनदबाव दिएका थिए। मकवानपुरका प्रहरी नायव उपरीक्षक यज्ञप्रसाद भट्टराईले पत्रकार सम्मेलन गरी केशरीलाई सार्वजनिक गरेका थिए ।
केशरीलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको निर्देशनमा बाराका प्रहरी नायव निरीक्षक सागर शम्सेर जवरासहितको टोलीले बाराको जीतपुर सिमरा उपमहानगरपालिका भलोहीमा लुकिछिपि बसेको अवस्थामा विहिबार राति ९ बजे पक्राउ गरेको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । ज्यान मार्ने उद्योग मुद्धामा फरार रहेका उनलाई ५ बर्षदेखि १२ बर्ष कैद हुने व्यवस्था छ ।
उपचारमा खर्च भएको रकम त्यसै गरी एसिड प्रहारबाट पीडित विन्दबासिनी कंसाकारले पत्रकार सम्मेलनमा दोषी पक्राउ परेकोमा सकारात्मक प्रतिक्रिया दिदै प्रहरीको कार्यको प्रशंसा समेत गरिन् । उनले घटनाको दोषि पक्राउ परेकोमा खुशी व्यक्त गर्दै कानूनी कडा भन्दा कडा कारवाहीको माग गरेकी छिन् । उनले आफ्नो उपचारमा लाखौं भारतीय रुपैँया खर्च भएको भन्दै पिडकबाट उचित क्षतिपूर्ति उपलब्ध गराइ दिन सम्बन्धित निकाय संग माग गरेकी छिन।पत्रकार सम्मेलनमा परिवारका अन्य सदस्य हरूको पनि उपस्थिति रहेको थियो ।