गौर,१८ कात्तिक ।
नेपाली कांग्रेसका नेता तथा निलम्बित सांसद अफ्ताब आलमविरुद्ध जिल्ला अदालत रौतहटमा मुद्दा दर्ता भएको छ । सोमबार ३ बजे नेता आलमसहित ११ जनाबिरुद्ध मुद्धा दर्ता भएको जिल्ला सरकारी वकिल खडिन्द्रराज कटुवालले जानकारी दिनुभयो । उनी विरुद्ध ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान र बिस्फोटक पदार्थ सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको सरकारी वकिल कटुवालले जानकारी दिनुभयो ।
प्रहरीको रायअनुसार जिल्ला सरकारी वकिलको कार्यालयले आलमसहित अन्य १० जनाविरुद्ध पनि मुद्दा दर्ता गरेको छ । मोबिन आलम, शेख भई, शेख सेराज, शेख फजलेहक, सगिर आलम, शेख मलकार, गौरीशंकर साह, बद्री सहनी र मुक्ति साहविरुद्ध मुद्दा दर्ता भएको हो । बम विष्फोटमा घाइते भएकाहरुलाई जलाइएको इँटाभट्टाका मालिक मुक्ति साहलाई मतियारको रुपमा मुद्दा दर्ता गरिएको छ ।
पहिलो संविधानसभा चुनावताका २७ चैतमा रौतहट क्षेत्रनम्बर २ बाट कांग्रेस उम्मेदवार आलमले मतदानस्थल नजिकै बम पड्काएर बुथ कब्जा गर्ने योजना बनाएका थिए ।
सोही योजनाअनुसार काका शेख इद्रिसको गोठमा बम बनाउ“दा बनाउ“दै विष्फोट भयो । सोही विष्फोटमा घाइते भएका त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँलाई ईटाभट्टामा हालेर हत्या गरेको अभियोग आलममाथि लागेको छ । उनीहरूका परिवारले किटानी जाहेरी दिएपछि गत असोज २६ गते आलम पक्राउ परेका थिए ।
मुलुकी अपराध संहिता लागू हुनुभन्दा अगाडिको घटना भएकाले पुरानो मुलुकी ऐन २०२० अनुसार सर्वस्वसहित जन्मकैदको मागदावी आकर्षित हुने भएकाले त्रिलोकप्रताप सिंह र ओसी अख्तर मिया“को हत्या कसुरमा आलमलाई २० वर्ष जेल, बम विष्फोटमा घाइते भएर बा“चेका सर्लाहीका सखी मोहम्मदको केसमा ज्यान मार्ने कसुरअन्तर्गत १० वर्ष जेल र विष्फोटक पदार्थ बनाएको कसुरमा पनि २ वर्ष जेल सजाय गरी ३२ बर्ष जेल सजायको माग गर्दै मुद्धा दर्ता गरिएको वकिल कटुवालले जानकारी दिनुभयो ।