गौर,१८ कात्तिक ।
छिमेकी मुलुक भारत संग सिमा जोडिएका तराई मधेशका जिल्लाहरुमा साना हतियार सधैं चुनौतीको विषय बन्ने गरेको छ । सिमाक्षेत्रका बजारहरुमा सहजै पाउन सकिने साना हतियार आपराधीक क्रियाकलापमा प्रयोग ह“ुदै आएको पाईएको छ । अबैध हतियार बोकेको अवस्थामा रौतहट प्रहरीले एक बर्षको अवधिमा चार भारीतय सहित २२ जनालाई पक्राउ गरेर काुननी कारवाही समेत गरेको जिल्ला प्रहरी प्रमुख भुपेन्द्र खत्रीले जानकारी दिनुभयो । एक साता अघि ईशनाथ नगरपालीकाको सिमाक्षेत्रमा एक यूवकको गोली हानी हत्या समेत भएको थियो । युवकको अहिले सम्म सनाखत हुन सकेको छैन । साना हतियारको प्रयोगबाट उनको हत्या गरिएको स्थानिय प्रहरीको ठम्याई छ । जिल्ला प्रहरीका अनुसार आव २०७५÷७६ मा भारतीय सिमाक्षेत्र लगायत बिभिन्न स्थानमा प्रहरीले ११ थान साना हतियार बरामद गरेको छ । प्रहरीका अनुसार कटुवा पेस्तोल ५, अटोमेटिक पेस्तोल ४ र हरेलु साना हतियार २ थान बरामद गरिएको हो । अबैध हतियार बोक्ने २२ जनालाई पक्राउ गरि हातहतियार तथा खरखजना ऐन अन्तरगतको मुद्धा चलाईएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरीका एसपि भुपेन्द्र खत्रीले खुला सिमा भएकाले साना हतियार चुनौती भएता पनि यसलाई रोक्ने प्रयास गरिदं आएको बताउनुभयो ।
हामिले सिमाक्षेत्रमा निकै कडाई गर्दै आएका छौं तर पनि खुला सिमाना भएकाले कतै न कतैबाट चोरबाटो हु“दै अबैध हतियार बोकेर अपराध गर्न खोज्ने आपराधीक समुह रहेकाले उच्च सतर्कका साथ खटेको एसपी खत्रीको भनाई छ । सिमाक्षेत्रको भारतीय बजारहरुमा साना हतियार खुलेआमा बिक्रि हुने ह“ुदा चुनौती बढेको हो । यसले दुबै देशका नागरिकलाई सुरक्षा चुनौती बढाएको छ । माओबादी द्धन्दका बेला साना हतियारको निकै बिगबिगी भएको थियो । त्यस बेला साना हतियारको प्रयोगबाट धेरैको ज्यान गएको प्रहरीको भनाई छ । हत्या, अहपरण, लुटपाट जस्ता अपराधमा साना हतियार प्रयोग हुने हु“दा यसले चुनौती थप्ने गरेको प्रहरीको भनाई छ । सुरक्षा अधिकारीहरुको सिमा बैठकमा साना हतियारको बिषयमा कुरा उठ्ने गरेको पाईएको छ । यसलाई रोक्नु पर्नेमा भारतीय सुरक्षाअधिकारीहरुले समेत सहमत हुदै आएका छन् । प्रमुख जिल्ला अधिकारी किरण थापाले तराई मधेशकै जिल्लाहरुमा साना हतियारको ओसार पसार गम्भिर चुनौती भएको बताए । खुला सिमा भएकाले समस्या हुने गरेका कारण दुबै देशका सुरक्षा अधिकारीले एक अर्कालाई सहयोग ग¥र्योे भने समस्या समाधान हुनेमा आफु विश्वस्त रहेको प्रजिअ थापाको भनाई छ । शरिरको कुनै पनि भागमा सहजै लुकाउन सकीने हुनाले अपराध गर्नेले यसलाई बोकेर हिड्न सक्छन् । साना सबारीको केही भागमा समेत लुकाएर साना हतियार ओसार पसार गर्दै आएको पाईएको भएपनि जिल्लामा कति अबैध साना हतियार छन् भन्ने तथ्याङ प्रहरीसंग नहुदा यसले थप सुरक्षा चुनौती थपिदिएको छ । व्यक्तिगत तथा व्यावसायिक सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालयबाट इजाजत लिएर राखिएका बन्दुक नवीकरण समेत नगर्ने परिपाटिका कारण झनै असुरक्षा थपिएको पाइएको छ । नियमतः निजी सुरक्षा प्रयोजनका लागि घर तथा बैंक लगायतका व्यावसायिक प्रतिष्ठानमा प्रयोग गरिने बन्दुकको इजाजत र त्यसको नवीकरण बर्सेनि जिल्ला प्रशासन कार्यालयबाट गर्नुपर्छ । तर, बन्दुक धनीमा भने इजाजत लिएर राखेको बन्दुक नवीकरण गर्ने तदारुकता नदेखि“दा ठूलो संख्यामा बन्दुक नवीकरण हुन सकेको छैन । जिल्लामा सबैभन्दा बढी लावरवाही गर्दै अबैध हतियारको विषयमा चासो नदेखाउने ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र सो कार्यालयमा आउने प्रमुख रहेको पाईएको छ ।