वन विज्ञान अध्ययन संस्थान सार्वजनिक शौचालय र डम्पिगं साइटमा परिणत हुदै

नबराज कोइराला,१८ कार्तिक, मकवानपुर/ पूर्व पश्चिम राजमार्ग विस्तारको लागी बन विज्ञान अध्ययन संस्थानको पर्खाल भत्काएर वर्षौ देखी व्यवस्थित नगर्दा सार्वजनिक शौचालय र डम्पिगं साइटको रूपमा परिणत हुदै गएको छ। प्रदेश राजधानी रहेको हेटौंडा उपमहानगरपालिका को मध्य भागमा रहेको संघीय राजधानी काठमाडौं जोडने मुख्य राजमार्ग जहाँ दैनिक हजारौ यात्रु तथा पर्यटक ओहोर दोहोर गर्दछन। सम्बन्धित निकायको ध्यान नजादा वन विज्ञान अध्ययन संस्थान देखी रानी दरबार आसपास जंगल क्षेत्र सार्वजनिक शौचालय र फोहोर फाल्ने डम्पिङ साईट को रूपमा परिवर्तन हुदै गएको हो।हेटौँडा वडा नम्बर १० र ४ को सिमानामा पर्ने उक्त राजमार्ग भएर चल्ने अटो मयुरी,ट्रक बस,पैदल हिडनेहरू को सार्वजनिक शौचालय बनेको हो।

सो क्षेत्रमा वन भएको र खुल्ला हुनाले घर पसल,ग्यारेज बाट निस्कने फोहोर दैनिक रूपमा फाल्ने क्रम बढेको छ । घरायसी फोहरदेखि पसलबाट निस्कने कुहिएका तरकारी,प्लास्टिक थोत्रा सामान,ग्यारेजबाट निस्कने पुराना टायर वन विज्ञान अध्ययन संस्थान को गेट देखी रानी दरबार गेट राजमार्ग आसपास र वन क्षेत्रमा प्रशस्त देख्न सकिन्छ।तर सम्बन्धित निकायको उदासीनता र निगरानी नहुँदा सो क्षेत्र फोहर फाल्ने र खुल्ला शौचालय गर्ने स्थानको रुपमा परिणत हुदै छ। सडक विभाग,नगर क्षेत्रमा फोहर व्यवस्थापन गरिरहेको हेटौँडा उपमहानगरपालिकाले यसबारे चासो दिदै सम्पूर्ण सरोकार निकायले समेत निगरानी बढाउनुपर्ने स्थानीय बासीहरूको माग रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles