विरगञ्ज चलचित्र महोत्सवमा गोविन्दा आउने

काठमाण्डौ–बलिउडका चर्चित अभिनेता गोविन्दा अहुजा नेपाल आउने भएका छन् । उनी यही कात्तिक २१ गतेबाट विरगञ्जमा हुन लागेको नेपाल चलचित्र स्वर्णिम महोत्सव मा सहभागी हुन नेपाल आउन लागेका हुन् ।
यस महोत्सवमा गोविन्दास“गै उनकी श्रीमती सुनिता तथा भारतका केही प्रविधि विशेषज्ञहरुको पनि सहभागिता रहने छ । गोविन्दा कात्तिक २१ गतेकै दिन महोत्सवमा सहभागी हुने बताइएको छ । गोविन्दा गत वर्ष राजधानीमा भएको एलजी फिल्म अवार्डमा सहभागी हुन नेपाल आएका थिए ।
यसअघि पनि उनी थुप्रै पटक नेपाल आइसकेका छन् । उनकी श्रीमती सुनिता आहुजा नेपाली मुलकी हुन् ।
कात्तिक २१ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तीन दिनसम्म चल्नेछ । नेपाल चलचित्र निर्माता संघले आयोजना गर्न लागेको कार्यक्रममा नेपालका सुपरस्टार राजेश हमाल, भुवन केसी, शिव श्रेष्ठ, गौरी मल्ल, करिश्मा मानन्धर, निरुता सिंह, केकी अधिकारी, पल शाह, अनमोल केसी लगायत दर्जनौं कलाकारहरुको सहभागिता रहने छ ।
महोत्सवमा करिब सवा करोडको खर्च हुने अनुमान गरिएको छ । जसमा नेपाल पर्यटन बोर्ड, प्रदेश नम्बर २ सरकार, वीरगंज महानगरपालिका, पर्यटन प्रवर्द्धन विकास समिति प्रदेश २, भिजिट नेपाल २०२० तथा विभिन्न औद्योगिक प्रष्ठिानबाट आर्थिक सहयोग लिइएको छ ।
महोत्सव प्रवेशका लागि २ सय देखि ५ हजार सम्मको टिकट पनि राखिने आयोजकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles