सम्पत्ति शुद्धीकरणको छानबिनमा तानिए अफताब

गौर,१८ कार्तिक ।
सांसद मोहम्मद अफताब आलमविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानविन शुरु गरेको छ ।
एक दर्जनभन्दा बढी व्यक्तिलाई इँटाभट्टाको चिम्नीमा हालेर जिउदै जलाएको अभियोगमा पक्राउ परेका आलमविरुद्ध सोमबारदेखि नै विभागले सम्पत्ति छानविन शुरु गरेको हो ।
आलमलाई छानविन गर्न प्रहरीले आइतबार पत्राचार गरेको थियो । आइतबार नभ्याएपछि सोमबार अनुसन्धान अधिकृत तोकिएको विभागका एक अधिकारीले बताए ।
आवश्यक अनुसन्धान सोमबारबाटै शुरु भइसकेको छ, उनले भने ।
आलमलाई सोमबार मात्रै जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत रौतहटमा मुद्धा दर्ता गराएको छ ।
कार्यालयले आलमसहितका व्यक्तिले त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँसहित दर्जनभन्दा बढी व्यक्तिलाई इट्टाभट्टाको चिम्नीमा जिउदै जलाई क्रुर मानवताविरुद्धको कसूर गरेको भन्दै जिल्ला अदालत रौतहटमा अभियोगपत्र दर्ता गरेको हो ।सरकारी वकिल कार्याललयले आलमसहितका व्यक्तिले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र गैरकानुनी रुपमा विस्फोटक पदार्थ राख्ने अपराध गरेको दावीसहित यी तीनवटै कसूरमा सजाय माग दावी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles