निर्वाध गुड्छन रौतहटमा भारतीय नम्बरका गाडी

गौर,१९ कात्तिक ।
रौतहटमा पछिल्ला केही बर्षयता भारतीय गाडीको प्रयोग बढ्दै गएको छ । भारतको बिहार राज्यसंग सिमा जोडिएका कारण सहजै ओहोर दोहोर गर्न सकिने भएकाले यसको प्रयोग बढ्दो छ । यसरी गुड्ने अधिकांश गाडीले भञ्सारमा राजश्व दाखिला नगरीकनै निर्वाध रुपमा गाडी गुडाउ“दै आएको भएपनि भारतीय नम्बर प्लेटका सवारी साधनमा अंकुश लगाउने तर्फ कसैको ध्यान जान सकेको छैन । बिनाभन्सार जिल्लामा निर्वाध रुपमा भारतीय गाडीको प्रयोग बढेको भएपनि रौतहट प्रहरी मुखदर्शक बनेर बसेको आरोप लाग्न थालेको छ । पछिल्लो समय सदरमुकाम गौर,गरुडा,चन्द्रनिगाहपुर र आसपासका क्षेत्रमा भारतीय गाडीको प्रयोग व्यापक रुपमा भईरहेको छ । जसका कारण जिल्लामा आपराधिक घट्ना, दुर्घटनामा बृद्दि भएको र बेथिति बढ्दै गएकोे भन्दै प्रहरीमाथि प्रश्न उठ्न थालेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी भुपेन्द्र खत्रीले भारतीय गाडीको बिषयमा छलफल भईरहेको र अबका केही दिनमै अभिलेख राख्नसुरु गरिने बताए । नेपाल भारत खुला सीमाका कारण भारतबाट चोरीका गाडीहरू भित्रन सक्ने र बिना भन्सार सबारी चलाउन थालेको पाइएपछि जिल्ला प्रहरीले अभिलेख राख्ने तयारी गरेको हो । खुला सीमा र नेपालभन्दा सस्तो मूल्य पर्ने हुनाले सीमाक्षेत्रका नेपालीले भारतीय नम्बर प्लेटका सबारी चढ्दै आएका छन । यही आडमा चोरीका गाडी समेत भित्रिएको अनुमान प्रहरीको छ ।
यस्ता गाडीले दुर्घटना गराउदा समस्या आउने गरेको सुरक्षाअधिकारीको ठम्याई छ । अहिले जिल्लाभरि भारतीय नम्बर प्लेटका सबारीको संख्या कति छ भन्ने यथार्थ विवरण भन्सार कार्यालय संग नै छैन । जिल्लामा दिनको भन्सार काटेर महिनौं दिनसम्म गाडी राख्ने गरेको पाइएको छ ।
आर्थिक अध्यादेशमा भारतीय गाडी नेपाल प्रवेश गर्दा अस्थायी पैठारीअन्तर्गत शुल्क बुझाएर वर्षमा ३० दिनमात्र चलाउन पाउने प्रावधान छ । तर नियम विपरीत यस्ता गाडी ५ र ६ वर्षदेखि निर्वाध रूपमा जिल्लामा चल्दै आएका छन् । यसअघि जिल्ला प्रहरी कार्यालयले सीमा क्षेत्रमा बढ्न सक्ने अपराधका घटनालाई मध्य नजर राख्दै जिल्लाभित्र भन्सार राजस्व तिरेर प्रवेश गरेका गाडीको फोटो सहित अभिलेख राखी कडाइ गरेको भएपनि अहिले चेकजा“च समेत हुन छाडेको प्रति जिल्लाबासी चिन्तित बन्न पुगेको छन ।
जथाभावी बिनाभन्सार प्रवेश गर्ने र नियम विपरीत चलाइने भारतीय गाडीलाई कारबाही हुनुपर्ने स्थानीयको माग रहेको छ ।
देश प्रादेशिक संरचना अनुरुप गईसकेको अवस्थामा प्रदेश सरकारका मन्त्री,दलका नेता,स्थानीय सरकारका प्रमुखहरुले समेत निर्बाध रुपमा भारतीय गाडीको प्रयोग गर्ने गरेकाले समेत प्रहरीलाई यसको प्रयोगमा अंकुस लगाउन अफ्ठायारो परेको एसपी खत्रीले बताए । भारतीय कार, जिप, बस, टयाक्टर, टूक प्रयोग गर्दा दैनिक ४ सय ५२ रुपैयाँ भन्सार राजस्व तिर्नुपर्ने नियम छ । मोटरसाइकलको १ सय र तीनपांग्रे सवारीको ३ सय तिर्नुपर्छ । टयाक्टरको २ सय र टूेलरसमेत भए ४ सय रूपैयाँ ५२ राजस्व तिर्नुपर्छ । कडाइ नभएका कारण अधिकाशंले बिनाभन्सार भारतीय गाडी चट्ने गरेका छन् ।
कानुनतः राजस्व तिरेर नेपाल प्रवेश गर्ने भारतीय गाडी एक महिनाभन्दा बढी नेपाली भूमिमा बस्न नपाउने व्यवस्था छ । ३५ दिनसम्म भन्सार राजस्वबिना बसेको पाइए गाडी जफत हुने प्रावधान छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles