सेतो पानी बग्ने समस्या र घरेलु उपचार ?

एजेन्सी–ह्वाइट डिस्चार्ज आम महिलामा हुने समस्या हो । यसले महिला स्वास्थ्यमा ठूलो असर पनि गर्छ । ह्वाइट डिस्चार्जलाई सेतो पानी वा लिकोरिया पनि भन्ने गरिन्छ । महिनावारीको अघिपछि यस्तो पानी बग्नु धेरैको समस्या हो ।
कतिपय अवस्थामा यो अधिक मात्रामा हुने गर्छ । यसले अन्य रोगको संकेत पनि गर्नेगर्छ ।
सेतो पानी बग्ने कारण
–आफ्नो संवेदनशील अंगको ठिक रुपमा सफाई नहुनु
–कुनैपनि स्थितिमा धेरै हतोत्साहित हुनु
–बिरामी मानिसस“ग सम्बन्ध राख्नु
–पटक पटक गर्भपतन गराउनु
–कुनै रुपमा संक्रमण या बिरामीको कारण
–शरीरमा पोषक तत्वको कमी हुनु आदि ।
यस रोगका लक्षणहरु
– चक्कर आउनु
– शरीरमा थकावट हुनु
– संवेदनशील अंग चिलाउनु
– शरीरमा कमजोरी महसुस हुनु
– संवेदनशील अंगबाट दूर्गन्ध आउनु
– कब्जियत एवं टाउको दुखाई हुनु
सुरक्षाको तरिका
– आफ्नो संवेदनशील अंगलाई पूरा रुपमा सुख्खा र सफा राख्नुपर्छ । जसरी भएपनि संक्रमण फैलिने समस्या कम गराउनुपर्छ ।
– महिनावारीको समयमा सफाईको पूरा ध्यान दिनुपर्छ । हरेक ४ देखि ६ घण्टापछि प्याड बदल्ने गर्नुपर्छ । हल्का पानीले यसलाई सफा गर्नुपर्छ । सुख्खा वा सुतीको कपडाबाट आफ्नो संवेदनशील अंगको सफाई गर्नु राम्रो हुने चिकित्सकहरुको सुझाव छ ।
– ल्युकोरियाको समस्या शरीरमा कमजोरीको कारणले हुने गर्दछ । यसको लागि आफ्नो खानामा पोषण युक्त चिजलाई समेत सामेल गर्ने गर्नुपर्छ । जसबाट हाम्रो शरीर पूरा रुपमा स्वस्थ रहन्छ ।
यसबाट बच्ने घरेलु उपाय
यो रोगको घरेलु उपायको बारेमा पनि चिकित्सकहरुले सुझाव दिएका छन् । चिकित्सकहरुको सुझावका अनुसार यसरी गर्न सकिन्छ सेतो पानी बग्ने समस्याको समाधान स्
– राति भिजाएर राखेको अन्जीरलाई बिहान पानीमा पिसेर खाली पेट खाने गर्नुपर्छ ।
– आफ्नो डाइटमा केरा पनि मिसाउने गर्नुपर्छ ।
– फिटकिरीलाई तातो पानीमा भिजाएर त्यसले आफ्नो संवेदनशील अंगको सफाई गर्ने गर्नुपर्छ । यस्तो गर्दा एक हप्तामा नै सेतो पानी बग्ने समस्याको समाधान हुने गर्दछ ।
–चामल उमालेर त्यसैमा रहेको पानीले आफ्नो संवेदनशील अंगको सफाई गर्नुपर्छ ।
– १ लिटर पानीमा अदुवालाई राम्रोस“ग उमालेर जब पानी आधा हुन्छ त्यसपछि पिउने गर्नुपर्छ ।
– गुलावको पत्तालाई सुख्खा गरेर पाउडर बनाउने गर्नुपर्छ । दैनिक दूधको साथमा यसको सेवन गर्ने गर्नुपर्छ ।
– मेथीको पानीबाट पनि संवेदनशील अंगको सफाई गर्न सकिन्छ । यसको साथमा हामी मेथीको धुलोलाई पानीमा राखेर पनि लिन सकिन्छ ।
– भुटेको चनालाई सख्खरको साथमा मिसेर दूध वा घिउको साथमा मिलाएर दैनिक यसको सेवन गर्न सकिन्छ ।
(साभारःअनलाईन खबर डटकम)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles