तालाबन्दी गर्न खोज्ने ४३ पूर्वअस्थायी शिक्षक पक्राउ

जनकपुरधाम,२० कार्तिक ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तालाबन्दी गर्न खोज्ने ४३ पूर्वअस्थायी शिक्षक पक्राउ परेका छन् ।
अस्थायी शिक्षक संघर्ष समितिका धर्मेन्द्र यादव सहितका ४३ शिक्षक पक्राउ परेका हुन् । कर्मचारीलाई समेत कार्यालय प्रवेशमा रोक लगाउन खोज्दा ४३ जना शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव निरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । पक्राउ पर्नेमा १३ महिला अस्थायी शिक्षक रहेको पनि उनले बताए ।
सेवाबाट हटाउने निर्णय फिर्ताको माग कार्यान्वयनका लागि संघीय सरकारस“ग पहल नगरेको भन्दै उनीहरुले मुख्यमन्त्री कार्यालयमा ताला लगाउने प्रयास गरेका थिए ।
पक्राउ गरेपछि शिक्षकहरुले प्रहरी प्रशासनविरूद्ध नाराबाजी गरेका छन् ।
उनीहरु मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडि धर्ना बसेका छन् । सरकारले षड्यन्त्रपूर्वक शिक्षक सेवा आयोग दिन लगाएर अयोग्य बनाएको आरोप अस्थायी शिक्षकहरुको छ। विगतका सम्झौतालाई लत्याएर नया“ विधेयक लागु गरेको पनि आन्दोलनरत शिक्षकहरू बताउछन् ।
उनीहरु असार २० गतेदेखि साउन २० गतेसम्म मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय अगाडि धर्ना बसेका थिए । उनीहरुले सोमबार एक घण्टा सडक अबरुद्ध पारेका थिए ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *