गौर,२३ कात्तिक ।
हत्या आरोपमा पक्राउ परेका निलम्वित सांसद मो. आफ्ताव आलममाथी सम्पती शुद्धिकरण बिभागले उपस्थित गराउन प्रहरीलाइ पत्राचार गरेको छ ।
आरोपित संसाद आलम को मुद्धा माथी जिल्ला अदालतमा बहस चलिरहेको छ ।
जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालतलाइ शुक्रवार पत्राचार गरी आलमको थुनछेक बहस चलिरेहको र छुट्ने भए बिभागमा उपस्थित गराउन पत्राचार गरेको छ ।
कार्तिक २१ गते बिभागले जिल्ला प्रहरी कार्यालय रौतहटलाइ पत्राचार गरेको हो । आलम माथी बिभागले समेत छानविन गरीरहेकाले उपस्थित गराउनका लागी पत्राचार गरेको जनाएको छ ।