एकिकृतको ११ औ साधारण सभा सम्पन्न

चन्द्रपुर,२३ कात्तिक ।
एकिकृत बचत तथा ऋण सहकारी संस्था चन्द्रपुर ४ रौतहटले ११ औ साधारण सभा सम्पन्न गरेको छ ।
शनिबार एक कार्याक्रमको आयोजना गरि एकिकृत बचत तथा ऋण सहकारी संस्थाले ११ औ साधारण सभा सम्पन्न गरेको हो ।
चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीले सहकारी संस्थाले शेयर सदस्यको जीबनस्तर उकास्ने कार्यक्रम ल्याउन आवश्यक रहेको बताए ।
सो सभामा चन्द्रपुर नगरपालिकाकी उपप्रमुख रामरती चौधरीले चन्द्रपुर नगरको बिकासमा सहकारी संस्थाले महत्वपुर्ण भुमिका खेलेको बताईन् ।
सभामा रौतहट बचत तथा ऋण सहकारी संघका अध्यक्ष देबकी नेपाल, संकल्प साकोसका अध्यक्ष बिभु पोखरेल, नबबिकास साकोसका अध्यक्ष वेद प्रसाद सापकोटा, बिन्दबासिनी सोकासका सचिब भरत आचार्य, यातायात मजदुर साकोसका अध्यक्ष हरी प्रसाई, गुञ्जन एफएमका स्टेशन म्यानेजर सञ्जय कार्की, चन्द्रपुर नगरपालिकाका ४ नम्बर वडाअध्यक्ष अमर आले, ९ नम्बर वडाअध्यक्ष गोबिन्द दुलला सभामा आफ्ना धारण राखेका थिए ।
समुदायलाई सामाजिककरण, मानबीकरण र ब्यबसायीकरणको भाबना स्थापित हुने अध्यक्ष दिपक प्रसाद रेग्मीको प्रतिबेदनमा मा उल्लेख गरीएको छ ।
संस्थाका सचिब ऋषबदेब आचार्यले सचिवको प्रतिवेदन र गणेश कुमार दाहालले लेखासमितिको प्रतिबेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष शान्ता थापाले बार्षिक आयब्य बिबरण प्रस्तुत गरेकी थिईन् ।
सस्थाले गत आर्थिक बर्षमा १६ वटा बिभिन्न कार्यक्रमहरु आयोजना गरेको र आगामी बर्ष २७ वटा कार्यक्रमहरु गर्ने प्रस्ताव राखेको छ ।
साधारण सभाको अवसरमा जेष्ठ शेयर सदस्य महिला तथा पुरुष बाट एक एक जान , एकल महिला, गएको एसइइमा उत्कृष्ठ अक ल्याउने शेयर सदस्यको छोरा र छोरी लाइ सम्मान समेत गरीएको छ ।
सस्थामा हाल ५ सय २१ शेयर सदस्यहरु रहेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles