भारतीय टेम्पु नियन्त्रण गर्न उच्च अदालतको आदेश

गौर,८ मंसिर ।
बर्षौ गौर बजार क्षेत्रमा संचालन हुदै आएका भारतिय नम्वरका तीनपांग्रे टेम्पुहरुलाइ नियन्त्रण गर्न उच्च अदालतले आदेश दिएको छ ।
तत्कालिन रौतहटका प्रमुख जिल्ला अधिकारीले २०६६ चैत १३ गते पहिलो पटक उनकैै अध्यक्षतामा जिल्लामा सर्वपक्षिय बैठक राखि भारतिय नम्वरका टेम्पोहरुलाई भन्सार नतिरी गौर बजार संचालनगर्न दिइएको थियो । त्यसपछि बिभिन्न सिडियोहरुले पहिलेकै निर्णयलाइ म्याद थप गर्दै टेम्पोहरु संचालन गर्न अनुमती दिएका थिए ।
पछिल्लो पटक २०७५ पुस ३ गते भएको जिल्ला प्रशासन काउर्यालयको सुचनाको बिषयमा अदालतले आदेश गरेको छ । जिल्ला प्रशासन कार्यालयले नै यस्तो निर्णय गरेपछि गौरका टांगा व्यवसायीहरुले बिरोध जनाउ“दै आएका थिए ।
भारतको बिहार राज्यको बैरगनिया देखी रौतहटको सदरमुकाम गौर सम्म संचालनमा रहेका भारतीय नम्बरका तीन पाँग्रे सबारी साधन नियन्त्रणगर्न उच्च अदालतको अस्थायी इजलास बिरगजले मंसिर ३ गते जिल्ला प्रशासन कार्यालय रौतहटलाइ आदेश गरेको हो ।
भन्सार नियमानुसार अन्य देशमा दर्ता भएका सवारी साधन भाडालिने प्रयोजनामा संचालनगर्न नपाइएको नियम रहेको छ । नियम कानूनलाइ बेवास्ता गरी व्यवसायीहरुले नेपालको गौर र भारतको बैरगनिया बजारसम्म देनिक सयौ भारतिय टेक्पोहरु संचालन गरीरहेका छन ।
नेपाली व्यवसायीको तर्फबाट विरगंज महानगरपालिका वडा नम्बर १६ लक्ष्मी मोटर्स प्रालीका संचालक अरुण कुश्वाहाले जिल्ला प्रशासन कार्यालय रौतहट गौरलाई विपक्षी बनाएर उच्च अदालत जनकपुरको अस्थायी इजलाश विरगंजमा अन्तरिम आदेशका लागि निवेदन दिएका थिए ।
उच्च अदालतको अस्थायी इजलाश बिरगजका न्यायाधिशद्धय सत्यमोहन जोशी थारु र विरबहादुर डाँगीको संयुक्त इजलाशले मंसिर ३ गते निवेदनको टुंगो नलागे सम्म भारतीय नम्बरका सवारी साधन व्यवसायी प्रयोजनका लागी संचालनमा रोक लगाउन आदेश गरेको छ ।
विदेशी नम्वर प्लेटको टेम्पुहरुलाई व्यवसायीक रुपमा चलाउन यातायात व्यवस्था ऐन, २०४९ बमोजिम रोक लगाउने विषयमा जिल्ला प्रशासन कार्यालय रौतहटबाट मिति २०७५ पुस ३ गतेमा सुचना प्रकाशित गरिए अनुसार र आर्थिक ऐन २०७६ को अनुसुची १ को दफा १२ को उपदफा (ख) बमोजिम बाहेकको अवस्थामा विदेशी (भारतीय) नम्वर प्लेटका टेम्पुहरुलाई नेपाल सरहद (गौर) मा संचालन गर्न, रात्री पार्किग गर्न गराउन नदिनु भनि विपक्षीहरुको नाउमा उच्च अदालत नियमावली २०७३ को नियम ४२(१) बमोजिम अन्तरिम आदेश जारी गरीएको हो ।
भारतिय नम्वरको यात्रु बाहक टेम्पुहरु लाइ व्यवस्थित गर्नका लागी प्रशासकिय अपधकृत शशिमोहन दासको संयोगकत्वमा यातायात कार्यालयका इन्जिनियर, जिल्ला टूाफिक प्रहरी प्रमुख, व्यवसायीहरुको समिती बनाइएको छ ।
बर्षो देखी परम्परागत हिसावले व्यवहारीक रुपमा भारतिय नम्वरको टेम्पुहरु संचालनमा रहेको पाइएकाले यो समस्या लाइ समाधान गर्नका लागी समिती गठन गरीएको रौतहटका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles