प्रदेशस्तरीय क्रिकेटमा सप्तरी बिजयी

चन्द्रपुर। रौतहटको चन्द्रपुरमा गत बिहिबारदेखी जारी प्रदेश स्तरीय क्रिकेट प्रतियोगिताको आईतबारको खेल सप्तरीले जितेको छ । आईतबारको खेलमा सप्तरीको टिमले बाराको टिमर्ला १२ रनले पराजीत गरेको हो । स्वर्गिय सन्तदास कार्की ( दासबावु ) तथा स्वर्गिय रामकुमार कोईराला स्मृतीमा प्रदेश नम्वर २ स्तरीय टी २० नकआउट क्रिकेट प्रतियोगिता स्वर्गीय शेर बहादुर दर्लामी खेल मैदानमा भईरहेको छ । प्रतियोगिता आउ“दो बिहिबारसम्म चलने आयोजकले जनाएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको सप्तरीले निर्धारित २० ओभरको खेलमा ९ बिकेट गुमाएर १ सय ६ रन बनाउन सफल भएको थियो । जवाफी व्याटिङमा उत्रिएको बाराको टिमले २० ओभरमा ६ बिकेट गुमाउ“दै ९४ रनमात्र जोड्न सफल भएको थियो ।
शुरुवाती ६ ओभरको पावर प्लेमा सप्तरीले आक्रमक ब्याटिङ गर्दै कप्तान मैहबुब आलमले ३१ बलमा ३३ रन बनाउन सफल भएका थिए भने अर्का ब्याटसम्यान बिकास दासले नटआउट १५ रनको योगदान गरेका थिए । बाराको तर्फ बाट बलर असीम पौडेलले ३ ओभरमा ७ रन दिएर ३ बिकेट लिन सफल भएका थिए । यस्तै अर्का बलर कुमार थापा २, रबी साह, समिर नेपाल, निखिल सिह, आषुतोष पटेलले १ ÷ १ विकेट लिएका थिए । जवाफी ब्याटिङ थालेको बाराले २० ओभर खेल्दै ६ बिकेटको क्षतीमा ९४ रनमै सीमित हुन पुगेको थियो । बाराको तर्फ बाट आशिभ पौडेलले १७ बलमा २६ रन प्रहार गरे भने अर्का ब्याटसम्यान निखिल सिहले टिमका लागि २५ रन बनाउन सफल भए । सप्तरीका तर्फ बाट बलर रोहित सिह, बिबेक यादब, उपेन्द्रले २÷२ बिकेट हात पारेका थिए । खेलको म्यान अफद म्याच बाराका उत्कृष्ट खेलाडी आशिभ पौडेलले प्राप्त गरेको प्रतियोगिताका संयोजक देबराज कार्कीले जानकारी दिए । अब भोलि सोमबार बाट पहिलो सेमिफाईनल खेल सुरु हुने र खेलमा पर्सा र सर्लाही बिच भिडन्त हुने आयोजकले जानकारी दिएको छ ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *