चन्द्रपुर। रौतहटको चन्द्रपुर ४ मा रहेको नवविकास बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १२ औं स्थापना दिवश मनाएको छ । संस्थाले मंगलबार विविध कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको हो ।
संस्थाका संस्थापक,पुर्ब संचालक समिति,बर्तमान संचालक समिति र शेयरधनीहरुका बिचमा संस्थाले आफ्नो स्थापना दिवस मनाएको संस्थाका अध्यष देब बहादुर सापकोटाले जानकारी दिनुभयो । नवविकाश २०६५ साल मंसिर १० गते स्थापना भएको थियो । संस्थाले हरेक वर्ष यसै दिन स्थापना दिवस मनाउ“दै आएको छ ।
१२ बर्षको समयमा नवविकासले प्राप्त गरेको सफलता र भविष्यमा प्राप्त गर्नुपर्ने सफलताको विषयमा राय सल्लाह उपस्थितहरुले दिएको अध्यक्ष सापकोटाले बताए ।संस्थाले स्थापना दिपसको अवसरमा चन्द्रपुर नगरपालिका भित्र रहेका सहकारीका पदाधीकारीहरुसंग अन्तक्रिया समेत गरेको अध्यक्ष सापकोटाले बताए । नवविकास प्रदेश २ कै उत्कृष्ठ घोषित सहकारी संस्था हो । संस्थाले नेपाल स्तरको ब्राण्डिङ पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम (प्रोबेशन)ब्राण्ड समेत हासिल गरिसकेको अध्यक्ष सापकोटाले बताए ।