वडाको विकास र समृद्धि तर्फ वडा अध्यक्ष काफ्लेको ध्यान

चन्द्रपुर,०३ पुस ।
चन्द्रपुर नगरपालिका अन्तर्गतका वडाहरुमा बिकासको लहरै चलेसंगसंगै सबै वडाध्यक्षहरु पनि आफ्नो वडाको बिकासका लागी प्रतिस्पर्धामा लागेका छन् । आफ्नो वडाको बिकास र सम्बृद्धि हुदा आफ्नो श्रेय त्यसतर्फ हुने हुदा वडाध्यक्षहरु त्यसतर्फ लागीपरेका छन् ।
चन्द्रपुर नगरपालिका वडा नं ५ का वडाध्यक्ष संजय कुमार काफ्ले जनताको सेवा र टोल–टोलमा बिकास गरी समृद्द वडा बनाउन लागी परेको बताएका छन् ।
आफ्नो कार्यकालमा वडाभरीका कुनैपनि बाटोघाटो हिलो धुलो मुक्त हुने बताएका छन् ।
सो वडाका जनताहरूपनि सवल र सक्षम जनप्रतिनिधि पाएको मा गर्ब रहेको सो वडा स्थानिय युवा सुधिर घिमिरेले बताए । जनताको काममा दैनिक खटिदै आएका काफ्ले टोलभेला,सभा,सम्मेलन ,पंचायति देखि वडा कार्यालयबाट गरीने कार्यहरु सिफारीस,बिवाहदर्ता, जन्मदर्ता,मृत्युदर्ता,नाताप्रमाणीत आदि लगायतका बिभिन्न काममा जनताले कुर्नुपर्ने परिपाटीका घोर बिरोधि हुन् जनताले चुस्तदुरूस्त सेवा पाउनु पर्छ भन्ने उनको मान्यता रहेको छ ।
सामाजिक क्षेत्रमा समेत बिशेष ध्यान राख्ने उनी बिशेष शिक्षा,स्वास्थ्य,संचारको लागी समेत बजेट बिनियोजन हुनुले उनको लोकप्रियता बढ्दो छ ।
युवा–युवती,किशोर–किशोरी, बालबालिका,अपाङ,जेष्ठनागरीक,दलित,जनजाति सबैलाई समेट्ने उनको लक्ष्य र पनि रहेको छ । मिश्रित समुदायको वस्तीरहेको वडा नं ५ मा बिपन्न समुदायको लागी सीपमूलक तथा आयमूलक कार्यक्रममा पनि जोड दिन्छन । वडालाई स्वच्छ र हराभरा पार्न जनस्तरबाटै लागी हातेमालो गरी अघि बढ्ने उनको भनाई रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles