सागर हुमागाई
रामेछाप १ पुष ।
रामेछाप स्थित गोकुल गंगा गा“उपालिकाको एक विध्यालयमा हेल्प फर हेप्पिनेश र स्क्वाएड हेल्प नामक सामाजीक सस्थांले ६६ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । हेल्प फर हेप्पिनेश र स्क्वाएड हेल्प संयुक्त आयोजनामा श्रि कालिका आधारभुत विध्यालयमा बाल कक्ष देखी पाच कक्षामा अध्यनरत ६६ जना विध्यार्थीलाई झोला, कापी, पेन,पेन्सिल, नङ्कट तथा अन्य शैक्षिक सामाग्री वितरण गरिएको हेल्प फर हेप्पिनेशका अध्यक्ष नविन तिवारीले जानकारी दिए ।
विद्यार्थीलाई पढाइमा थप सहयोग हुने तथा प्रोत्साहन गर्नका लागि शैक्षिक सामाग्री वितरण गरिएको हेल्प फर हेप्पिनेश का अध्यक्ष नवीन तिवारीले बताए ।
कार्यक्रमका प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चाम बाहादुर गुरुङले कार्यक्रम आयोजना गर्नु भएकोमा खुलेर प्रशंसा गरे र आयोजक टोलीलाई फुलमाला र सत्कारले सम्मान गरे । शैक्षिक सामाग्री वितरण पक्ष्चात हेल्प फर हेप्पिनेशका सह सचिव घनश्याम सुवेदीले ६ देख ८ सम्मका विद्यार्थीलाई जीवनका चार आधारभूत स्तंभ शीर्षकमा हाम्रो हातमा नभएका जीवनका परिस्थिति हरुसंग जुधेर आफ्नो सपना कसरी पूरा गर्न सकिन्छ भन्ने विषयमा प्रेरणादायी र प्रोत्साहित मुलक कक्ष संचालन गरे ।
नवीन तिवारी को अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चाम बाहादुर गुरुङ,स्क्वाएड हेल्पकी अध्यक्ष शुष्मा कार्की, विद्यालयकी प्रधानाध्यापक विमला खड्का,शिक्षक शिक्षिकाको आतिथ्यतामा सम्पन्न भएको थियो ।सो कार्यक्रम संचालन संस्थाका सह सचिव घनश्याम सुवेदीले गरेका थिए भने आयोजक संस्थाको तर्फ बाट नेन्सी थापाले स्वागत मन्तब्य राखेका थिए ।