चन्द्रपुर,०३ पुस ।
पुस महिना लागे संगै मध्य तराईमा एक्कासी जाडो बढेको छ ।
हुस्सुसंगै शितलहरी सुरु भएपछि जिल्लाको जनजिवनमा अप्ठेरो महसुश भएको स्थानीय बासिन्दाले बताएका छन् ।
मंगलबार दिनभरीनै घाम नलागेका कारण जनजिवन कष्टकर भएको हो ।
बिहानैबाट लागेको हुस्सु र सितलहरको कारण रौतहट लगायत आसपासका क्षेत्रमा जाडो बढेको छ । शीतलहरले चिसो बढेपछि चन्द्रनिगाहपुरमा चहलपहल निकै घटेको छ ।
कुहिरोस“गै चल्ने चिसो हावाले घरबाहिर निस्कनसमेत समस्या हुने गरेको स्थानिय राकेश यादबले बताएका छन् । चिसोले जनजीवन प्रभावित हुन थालेसगै विद्यालय, क्याम्पसमा विद्यार्थीको विगतको तुलनामा घटेको छ भने न्यानो कपडाको बिक्री बड्नुबाहेक अन्य व्यापार व्यवसायमा मन्दी छाएको छ । बिहानै खुल्ने व्यपारीक पसल र बजारहरु पनि ढिलो गरि खुलिरहेका छन् । सा“झ पख पनि चिसो झनै बढ्दा बजारहरु साझदेखि नै सुनसान हुन थालेकोले व्यापार व्यवसायमा समेत यसको असर परेको यहा“का व्यपारीहरु बताउछन् ।
चिसो बढे पछि ज्याकेट र न्यानो कपडा बेच्ने पसलहरुमा भने ग्राहकको भिड बढेको, अन्य व्यवसाय विगतको भन्दा कमी आएको छ । अहिले यहाको गाउ–गाउमा स्थानीय बासिन्दाले बिहान बेलुका आगो तापेर जाडो छलिरहेका छन् । चिसोले सबभन्दा बढी यहा“का बालबालिका, वृद्धवृद्धा तथा यहा“का दलित, विपन्न परिवारका सदस्य प्रभावित भएका छन् । चिसोको कारण कोल्ड डायरियाका बिरामीको संख्या बढ्न थालेको चन्द्रपुर हस्पिटलका डक्टर सुभाष चौभरीले बताएका छन् । उनले चिसोकै कारण बालबालिकामा निमोनिया, रुघाखोकी लगायतका समस्या देखिने गरेले जाडो बाट बच्न न्यानो लुगा लगाउन संगै तातो खानेकुरा खान सुझाब समेत दिएका छन् ।