डा.चौधरी र खरेल सम्मानित

चन्द्रपुर,३० मंसिर ।
सफल बचत तथा ऋण सहकारी संस्थाले आफनो ११ औ बार्षिक साधारण सभामा दुई जना संस्था स्रस्टा लाई सम्मान गरेको छ ।
सम्मानित हुनेमा चन्द्रनिगाहपुर हस्पिटल प्रा.लिका डाक्टर सुबास कुमार चौधरी र जेसी शोभा खरेल भट्टराई लाई दोसल्ला, नगद र प्रशंसा पत्रले सम्मानित गरिएको हो ।
चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीले बिभिन्न बिद्यामा योगदान पु¥याए बापत उहा“हरु लाई सम्मान गरेको हो ।
यसैबीच आफना शेयर सदस्य सुनिता साह, साहारा खातुन, कबिता बिक, हरिमाया पहरी, सबिहन खातुन लाई समेत सम्मानित गरिएको छ । संस्थाका अध्यक्ष देबकी नेपालको अध्यक्षतामा बार्षिक साधारण सभा सम्पन्न भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles