चन्द्रपुर। रौतहट प्रहरी प्रमुख एसपी भूपेन्द्र बहादुर खत्रीको बिदाई गरिएको छ । प्रहरी प्रधान कार्यालयले गत हप्ता एसपी खत्रीलाई सरुवा गर्दै रौतहटको नया प्रहरी प्रमुखमा एसपी रविराज खड्कालाई पदस्थापन गरेपछि एक समारोहबीच एसपी खत्रीलाई बिदाई गरिएको हो ।
एसपी खत्रीको बिदाई कार्यक्रममा प्रमुख जिल्ला अधिकारी किरण थापासहित सुरक्षा निकायका प्रमुखहरु, विभिन्न कार्यालयका कार्यालय प्रमुख, समाजसेवी, राजनीतिकर्मी तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा एसपी खत्रीले रौतहट प्रहरी प्रमुखको रुपमा जिल्लामा गरेका विभिन्न कार्यहरुको खुलेर प्रशंसा गरिएको थियो ।
बिदाई कार्यक्रममा एसपी खत्रीले आफू रौतहट प्रहरी प्रमुखको जिम्मेवारीमा रहदा प्रहरी कर्मचारी, रौतहटका नागरिक तथा सर्वसाधारणले सहयोग गरेकोमा धन्यवाद पनि व्यक्त गरेका छन् । सबैको सहयोगले आफ्नो कार्यकाल राम्रोस“ग बितेको र रौतहटको सबै पक्षले प्रहरीलाई सकारात्मक सहयोग गर्ने विश्वास पनि व्यक्त गरेका एसपी खत्री काठमाण्डौ सरुवा भएका छन् ।


