माग सम्बोधन नभए आन्दोलन हुन्छ:सभापति श्रेष्ठ

चन्द्रपुर। स्वतन्त्र विद्यार्थि युनियन जन ज्योति बहुमुखि क्याम्पसले क्याम्पसलाई ५ बुदें माग राख्दै ध्यानाकर्षण गरेको छ । क्याम्पसमा बिद्यार्थीहरुले महशुस गरेका बिभिन्न आवश्यकताहरुलाई मध्यनगर गर्दै स्वतन्त्र बिद्यार्थी युनियनले माग तथा ध्यानाकर्षण गरेको जन ज्योति बहुमुखि क्याम्पसका स्ववियु सभापति संगम श्रेष्ठले जानकारी दिएका छन् ।
स्वतन्त्र बिद्यार्थी युनियनले पटक–पटक ध्यानाकर्षण गराउदा समेत पनि क्याम्पसले बिद्यार्थीको आवश्यकतालाई बास्ता नगरेको भन्दै माग तथा ध्यानाकर्षण गरेको सभापति श्रेष्ठको भनाई रहेको छ । स्ववियुले ई–लाईब्रेरी तत्काल संचालन गदै,आवश्यक स्नात्तकोतर÷स्नातक तहको पुस्तकको व्यवस्था लाईब्रेरीमा हुनुपर्ने,नियमित आन्तरिक परीक्षाको व्यवस्थापन गनुपर्ने,कक्षा कोठालाई व्यवस्थित बनाउनु पर्ने,साईकल र बाईक स्टयाण्डको व्यवस्था यथाशिघ्र गर्नुपर्ने र कलेजको पश्चिम तर्फ कम्पाउण्ड गरी आवश्यक खेल मैदानको व्यवस्था सहित खेलकुद सामागी्रको यथोचित व्यवस्था गर्नुपर्ने ५ बटा माग सहित क्याम्पसका प्रमुख बलराम प्रसाद गौतम र सहायक क्याम्पस प्रमुख राजन श्रेष्ठलाई ध्यानकर्षण पत्र हस्तानान्त्ररण गरेका थिए ।
सभापति श्रेष्ठले हाम्रो यो ५ वटा मागहरु सम्बोधन नभए कडा आन्दोलन गर्न बाध्य हुने चेतवनी दिय।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles