चन्द्रोदयको आयोजनमा रक्तदान कार्यक्रम सम्पन्न

सागर हुमागाई
चन्द्रपुर,५ पुस

रौतहटको चन्द्रपुर–४ स्थित चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एघारौ साधारण सभाको पुर्व सनध्यामा वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
शुक्रबार प्रणमी दात घरको प्राङणमा वृहत रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो ।
सो कार्यक्रममा बोल्दै चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरीले रक्तदान जीवन दान भएकोले रक्तदान गरेर कसैको जीवन बचाउनु भनेको अमूल्य रहेकोले यस कार्यक्रम आयोजना गर्ने संस्था र कार्यमा लाग्ने सवैलाई हृदयदेखि नै धन्यवाद दिएका थिए ।

उहाले मानव जीवनमा यदि सहि र सत्कर्मको रुपमा रक्तदान हुने भनेकोले आफुले दिएको रगतबाट कसैलाई बचाउन सक्नु नै जीवन दान हो भने । उहाले सामाजीक कार्यमा सधै आफनो र नगरपालिकाको साथ र सहयोग रह्ने बताए र रौतहटको चन्द्रपुरमा रक्त संचार केन्द्र खोल्नेतर्फ छलफल भइरहेकोले सवैको सल्लाह अनुसार निकट भविष्यमा रक्त संचार केन्द्र स्थापनाका लागी नगरपालिकाले पहल गर्ने बताए ।
विशिष्ट अतिथी चन्द्रपुर हस्पिटलका डा. सुवास चौधरीले जीवनको सवैभन्दा ठूलो सम्पत्ति भनेकै रगत भएकोले रक्तदानको महत्व सवैले बुझ्नुपर्ने बताए । उहाले आफुले चन्द्रनिगाहपुरमा पहिलो पटक रगत राखेर विरामीलाई उपचार गर्ने व्यवस्था मिलाएपछि त्यसलाई व्यवस्थित रुपमा संचालन गर्नका लागि रक्त संचार केन्द्र आवश्यक रहेको बताए ।


उहाले रक्तदानका बारेमा जनचेतना फैलाउनका लागि सवैको सहयोग आवश्यक रहेको बताए । ।चन्द्रनिगाहपुरका पुराना डाक्टर तथा समाजसेवी डा. शालिग्राम शर्माले रगतको महत्व जसलाई रगत आवश्यक भएको हुन्छ त्यसले बुझेको हुन्छ भन्नुहुदै डाक्टरको सल्लाह अनुसार त्यसको सही सदुपयोग हुनुपर्नेमा जोड दिए । उहाले रक्तदान गर्ने प्रति आभार व्यक्त गर्नुहुदै रक्तदानबाट कुनै हानी नोक्सानी नहुने समेत स्पष्ट पार्नुभयो ।
कार्यक्रममा २ सय ७९ जनाले रक्तदान गरेका थिए । सो अवसरमा संस्थाका अध्यक्ष प्रकाश गहतराजले रक्तदान गर्नुहुने सवैलाई प्रसंसापत्रले सम्मानित गरेका थिए । सो अवसरमा रक्तदान गर्ने सम्पूर्णलाई संस्थाको तर्फबाट विशेष धन्यवाद सहित आगामी दिनमा समेत यस्तै सहकार्यको अपेक्षा गरेको रक्तदान कार्यक्रमका संयोजक दिवाकर सापकोटाले जानकारी दिए ।
सापकोटाले कोहि पनि शेयर सदस्य वा अन्य बिरामी रगतको अभावले आफ्नो अमुल्य ज्यान गुमाउन नपरोस भनि रक्तदान कार्यक्रम आयोजना गरिएको बताए । चन्द्रोदय बचत तथा ऋण सहकारी संस्थाले बिगत छ वर्षादेखि सामाजिक कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रम प्रमुख मानि आयोजना गर्दै आएको छ कसैलाइ पनि रगतको अभाव परे सस्थाको हटलाइन नं मा सम्र्पक गरी रगत तुरुन्त पाउन सकिने दिवाकर सापकोटाले जानकारी दिए । र सम्पुर्ण सहयोगी हात हरुलाइ बिशेष धन्यवाद दिएका थिए ।


रक्तदान कार्यक्रममा शेयर सदस्य, शसस्त्र प्रहरी वेस सन्तपुरका डिएसपी सन्तोष बस्नेत ,नेपाली सेना,नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य सपुत बहादुर कार्की,युवा व्यवसाइ,स्थानिय ,नेपाल प्रहरी, विभिन्न संघ संस्थाका प्रतिनिधि,राष्ट्रिय सहकारी बैकका मिलन दंगाल, संकल्प, नव विकास, विन्दवासीनी साकोसका प्रतिनिधिहरु ग्लोबल बैंकका का प्रबन्धक निर्दशक साजन प्रजापति ,प्रभु बैकका सन्तोष ढुंगाना लुम्बिनी विकाश बैकका सुबोध ढुंगाना लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रम संस्थाका अध्यक्ष प्रकाश गहतराजको अध्यक्षतामा र उपाध्यक्ष बसन्त आचार्यको संचालनमा सम्पन्न भएको रक्तदान कार्यक्रमका संयोजक दिवाकर सापकोटाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles