चन्द्रपुर,२४ पुस ।
चुरे क्षेत्रबाट ढुंगा गिटी बालुवाजन्य प्राक्रृतिक सम्पदा निकासीमा प्रतिवन्ध भएपनि रौतहटमा अवैधरुपमा ढुंगा निकासी हुदै आएको छ ।
डिभिजन वन कार्यालय रौतहटले कडाईका साथ चुरे क्षेत्रमा टे«क्टरहरु प्रवेश कार्य निषेध गरेपनि ढुंगाका ब्यवसायिक विक्री वितरण गर्ने समुहले चुरे फेदीका गा“उबस्ति नजिकका खोला नदिबाट ढुंगा निकासी गरिरहेको पाइएको हो । गत आइतबारमात्र डिभिजन बन कार्यालयको शशस्त्र बन रक्षक समुहको गस्ति टोलीले बारा र रौतहटको सिमावर्ति धनसार खोलामा ढुंगा लोड गरि ल्याइरहेको अवस्थामा सात वटा टेक्टर ढुंगासहित पक्राउ गरेपछि यो रहस्य खुलेको हो । डिभिजन बन कार्यालय,रौतहटका प्रमुख विनोद सिंहले चुरे क्षेत्रमा नदिजन्य पदार्थको उत्खनन र ओसारप्रसार बर्जित रहेको जनाउदै हालै पक्राउ गरिएका सातवटा टेक्टर कारवाहीको क्रममा रहेको जनाउनुभयो ।
चुरेबाट ढुंगाको चोरीनिकासी दैनिकजसो हुने गरेको त्यस भेगका स्थानीयबासिन्दाको भनाई छ । नदिजन्य प्राक्रृतिक सम्पदाको दोहन हुने क्रममा स्थानीय तहसमेत मुछिने गरेको पाइएको छ । चुरेका स्थानीय नगरपालिका र गा“उपालिकाले कतै कर्मचारीका नाउँमा अमानत र कतै टेन्डर लगाउदै आएकाले समेत चुरेको नदिजन्य पदार्थ अवैध चोरी निकासी बढ्न पुगेको रौतहट बन प्रमुख सिंहले बताउनुभयो । सिमावर्ती धनसर खोलाबाट हालै पक्राउ गरिएका सातवटा टेक्टरलाई बाराको निजगढ नगरपालिकाको वडानम्वर एक कार्यालयको कर्मचारीका नाउबाट अमानतमा सात सय ९१ रुपैया“को रसिद काटेको फेला परेको थियो ।
सवैभन्दा बढि दैनिकरुपमा यहाको चुरे क्षेत्रको हिलेखोला, पौराई,अल्लाजोर,धनसरलगाएतका नदि तथा खोलामा टेक्टर निर्वाध रुपमा प्रवेश गर्ने गरेका छन् । चुरेबाट दैनिक संयौ घनमिटर ढुंगा उत्खनन हुने गरेको जनाइएको छ । चुरे क्षेत्रका नदि तथा खोलाबाट उत्खनन गरिएका नदिजन्य पदार्थ नियन्त्रणमा स्थानीय प्रहरी प्रशासनले प्रयास गरेको ईलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुरले जनाएको छ । राजनीतिक र विकास निर्माणका नाउ“मा ढुंगाको दोहन हुदै आएको गैंडाटारका स्थानीय जितेन्द्र धामीले बताउनुभयो ।
वनले भने अवैधरुपमा ढुंगा गिटीजन्य बस्तुको निकासी कार्यप्रति निगरानी र कारवाही गर्ने कार्य गरिरहेको जनाएको छ । चुरेका खोला तथा नदिमा जाने प्रमुख बाटोमा वन कार्यालयका इकाई रहेपनि नियन्त्रणको प्रयास प्रभावकारी हुन नसकेको धामीको कथन छ । धामीका अनुसार,पटकपटक एउटै टे«क्टर ढुंगा बोक्ने कार्यमा संलग्न छन् ।
वनले त्यस्ता टे«क्टर तथा ब्यवसायीलाई कारवाही गर्ने भन्दै नियन्त्रणमा लिने गर्छन । कडा कारवाहीको अभावमा नियन्त्रण लिएका टेक्टर सामान्य जरिवाना गरि छाडेपछि ढुंगा तस्करको मनोबल बढ्न पुगेको हो ।
चुरेबाट ढुंगाजन्य वस्तुको अवैध कारोवार गर्ने ब्यवसायीले यतिवेला पुर्वपश्चिम राजमार्गमा पर्ने चन्द्रनिगाहपुर,बागमति,जंगलसैया,गैंडाटार,हिलेखोला लगाएतका विभिन्न क्षेत्रमा भन्डारण गर्दै आएका छन् ।
दिउसो खोला तथा नदि क्षेत्रमा उत्खनन गरि संकलन गर्ने र रातीको समयमा ढुवानी गरि भन्डारण गर्ने गरेको सो क्षेत्रका बासिन्दाको भनाइ छ । अहिले भन्डारण गरि राख्ने र पछि विक्रि वितरण गर्दा राम्रै दाम पाइने उद्देश्यका साथ त्यसरी ब्यवसायीले ढुंगाकोे भन्डारण गर्ने गरेको सम्वद्ध एक ब्यवसायीको कथन छ । ब्यवसायीका अनुसार,चन्द्रनिगाहपुर क्षेत्रमा ढुंगा प्रति घनमिटर एक हजार रुपैया पर्छ । एउटा ढाला हालेको टे«क्टरमा साढे चार घनमिटरदेखि पा“च घनमिटरसम्म जाने गर्छ । एक टिपको मुल्य पा“च हजारसम्म पर्न जान्छ । त्यस्तै,बालुवा प्रति टिप एक हजार दुई सयदेखि दुई हजार र गिटी दुई हजारदेखि तीन हजार रुपैया पर्छ । जिल्लाका दक्षिणी भेगका गरुडा,शिवनगरलगाएतका क्षेत्रमा पुग्दा चन्द्रनिगाहपुरमा लाग्ने दर भन्दा तीन गुणासम्म बढि पर्न जाने हुदा ब्यवसायीहरु चुरेको दोहन गर्न लागिपर्ने गरेको ती ब्यवसायीको कथन छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुर र शशस्त्र प्रहरी बल,सन्तपुर बेस क्याम्पले बेलाबेलामा गर्ने चेकजा“चका क्रममा त्यस्ता ट्रेक्टरहरु फेला पर्छन ।
तर,उनीहरुलाई ऐनले वनको क्षेत्राधिकार पर्ने भएकाले ट्राफिक र शशस्त्र प्रहरीले कानुनी कारवाही गर्न सक्दैनन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय,रौतहटका प्रमुख शैलेन्द्र न्यौपानेले हामीले सवारी साधनको कागजपत्र छ वा छैन हेर्ने हो । ओभरलोड भए कारवाही स्वरुप जरिवान गर्ने हो ।
चुरेका खोला तथा नदिबाट ढुंगाआदी उत्खनन कार्य नियन्त्रणका लागि नियमित गस्ति गर्दै कार्यालय लागि परेको बन प्रमुख सिंहले जानकारी दिनुभयो । अलिअलि लुकिछिपि लगेको हुनसक्ने बताउदै सिंहले कर्मचारी र चुरे क्षेत्रका सामुदायिक वन उपभोक्ता समूहलाई समेत ढुंगागिटि निकासी गर्न नदिन पत्राचार गरिएको जनाए । कर्मचारी माथि लाग्दै आएको मिलोमतो र आर्थिक लाभका विषयलाई अस्विकार गर्दै उहा“ले चुरेको संरक्षणका लागि संरक्षणमुखी कार्यक्रम समेत गर्दै आएको जनाउनुभयो ।