एनआईसीको न्यु सुपर चमत्कारिक बचत निक्षेप योजनाहरु सार्वजनिक

चन्द्रपुर,२३ पुस ।
बैंक पनि पनि साथी पनि, राम्रो पनि हाम्रो पनि भन्ने मूल नाराका साथ आम जनसमुदायमा केन्द्रित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको एन आई सी एशिया बैंकले न्यु सुपर चमत्कारिक बचत निक्षेप योजनाहरु सार्वजनिक गरेको छ । इश्वी संवत २०२० को उपलक्ष्यमा पत्रकार सम्मेलन गरी न्यु सुपर चमत्कारिक बचत निक्षेप योजनाहरु सार्वजनिक गरेको हो ।
ग्राहकहरुलाई उपयुक्त न्यु सुपर चमत्कारिक बचत खाता, न्यु सुपर चमत्कारिक नारी बचत खाता, न्यु सुपर चमत्कारिक न्यु जेष्ठ नागरिक बचत खाता, न्यु सुपर चमत्कारिक बाबु नानी बचत खाता, न्यु सुपर चमत्कारिक विद्यार्थी बचत खाता, न्यु सुपर चमत्कारिक स्वरोजगार बचत खाता, न्यु सुपर चमत्कारिक वैदेशिक रोजगार बचत खाता, न्यु सुपर चमत्कारिक उद्यमशील बचत खाता, न्यु सुपर चमत्कारिक तलब बचत खाताले बचत गर्ने बानीलाई थप प्रोत्साहन गर्न र बचतको उचित प्रतिफल प्राप्त गर्न सक्ने विश्वासका साथ् यो बैंकले योजनाहरु सार्वजनिक गरेको हो । बैकले उत्कृष्ट बीमा सुरक्षा योजना, कर्जाको ब्याजदर तथा प्रशासनिक शुल्कमा विशेष छुट, निःशुल्क होम बैंकिङ सुविधा, निःशुल्क लकर सुविधा, देशभरका कुनैपनि बैंकको कुनै पनि एटिएमबाट रकम निकाल्दा निशुल्क हुने लगायतका ३० चमत्कारिक फाइदाहरु सहित न्यू सुपर चमत्कारिक निक्षेप योजनाहरु सञ्चालनमा ल्याएको जनाइएको छ ।
यस योजना अन्तर्गत खाता खोल्ने ग्राहक महानुभावहरुले रु २१ लाखसम्मको बीमा सुविधा प्राप्त गर्न सकिन बैकले जनाएको छ । यस सुविधा अन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा रु १० लाख सम्मको बीमा सुविधा, १८ घातक रोगहरुको लागि रु १० लाख सम्मको बीमा सुविधा र रु १ लाखसम्मको औषधी उपचार बीमा सुविधा निजले प्राप्त गर्न सकिने छ ।
औषधी उपचार बीमा अन्तर्गत बैंकले आफ्ना ग्राहक महानुभावहरुलाई बहिरंग ओपीडी उपचारमा २० हजार सम्म र अस्पताल भर्ना वापत ८० हजार सम्मको बीमा सुविधा प्रदान गर्ने र बीमा सुविधाहरु वापत लाग्ने प्रिमियम बैंक आफैले एभरेष्ट विमा कम्पनीलाई तिर्नेछ । साथै खातावालाको जीवन सहज बनाउनको लागि घरमै बैंकिङ सुविधा, निःशुल्क डिम्याट खाता खोल्ने, निःशुल्क ई–कमर्श एक्टिभेसन, निःशुल्क लकर सुविधा, अनलाइन मुद्दती खाताको सुविधा, निःशुल्क क्रेडिट कार्डको सुविधा, कर्जाको ब्याजदर तथा प्रशासनिक शुल्कमा बिषेश छुट बैकको योजनाले समेटेको छ ।
मुलुकभरी ३१३ शाखा कार्यालय रहेको नेपालकै सबैभन्दा ठूलो बैंकिङ सञ्जाल भएको बैंकको ४०८ वटा एटिएम, १०३ वटा एक्ष्टेन्सन काउन्टर एवं ४५ वटा शाखा रहित बैंकिंगमाफर्त सेवा प्रवाह गरिरहेको जनाइएको छ। बैंकस“ग अहिले झण्डै २० लाख ग्राहक जोडिसकेको एन आई सी एशिया बैंकको उपक्षेत्रिय कार्यालय चन्द्रनिगाहपुरका प्रमुख वेलाल अहमदले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles