प्रहरी उपरिक्षक राठौंरको स्वागत

925

नवराज कोईराला ,हेटौडा,पौष २३ ।
सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगरले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा भर्खरै सरुवा भई आएका प्रहरी उपरिक्षक सुशील सिंह राठौंरको एक कार्यक्रमका बीच स्वागत गरेको छ ।
सेवा केन्द्रका अध्यक्ष राम बिष्टको सभाध्यक्षमा केन्द्रको कार्यालय पशुपतिनगरमा आयोजना गरिएको स्वागत तथा सम्मान कार्यक्रममा नजिकै रहेको वर्षौ पुरानो सन्तेश्वर महादेव र सन्तोषीमाताको मंदिर वरपर समुदाय,प्रहरी टोल विकास,शसस्त्र प्रहरी लगाएतले सरसफाई गरेका थिए ।
स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी उपरिक्षक राठौंरले मकवानपुर बसाईमा लागु औषध र सवारी दुर्घटना न्युनिकरण आफ्नो प्रमुख लक्ष्य रहेकोमा जोड दिदै जिल्लामा आइपर्ने हरेक गतिविधिमा समुदाय संग हातेमालो गर्न आफु सदैव तत्पर रहेको बताए।अपराध नियंत्रण गर्न प्रहरीले मात्र संभव नहुने भएकोले समुदायको साथ र सहयोग अपरिहार्य रहेको बताए ।
उक्त कार्यक्रममा हेटौडा वडा नं ९ का अध्यक्ष लक्ष्मण प्रसाद भण्डारी,सशस्त्र १४ नं.गणका प्रहरी उपरिक्षक विकास घिमिरे,औद्योगिक क्षेत्र व्यवस्थापन प्रमुख राजेन्द्र कडेल,अस्पताल विकास समिति हेटौडाका अध्यक्ष प्रकाश पौडेल,सामुदायिकका संस्थापक अध्यक्ष रामचन्द्र अर्याल,निवर्तमान अध्यक्ष कुमार पौडेल,इप्रका पशुपतिनगरका प्रहरी निरीक्षक अरुण कुमार कुशवाह लगाएतको उपस्थिति रहेको थियो ।

नवराज कोईराला

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg