२०७६ कै उत्कृष्ट द्वन्द्व निर्देश शुक्रराज

काठमाण्डौ–पाचौं कामना फिल्म अवार्ड बाट यस बर्षकै उत्कृष्ट द्वन्द्व निर्देशक शुक्रराज साह भएका छन् । चलचित्र भिलेन बाट द्वन्द्व निर्देशक साहले बर्षकै उत्कृष्ट द्वन्द्व निर्देशक अवार्ड हातपार्न सफल भएका छन् ।
पा“च उत्कृष्ट द्वन्द्व निर्देशकको मनोनयनमा हिमाल केसी,चन्द पन्त, सुर्य थोकर र शुक्रराज साह रहेका थिए ।
पुर्वी तराईको सिरहा जिल्लाको लहानमा सामान्य परिवारमा जन्मिएका २८ वार्षिय शुक्रराज साह जो अहिले नेपालको स्थापित द्वन्द्व निर्देशक भइसकेका छन् ।
बिगत एक दशक पहिले देखि प्रमुख साहायक द्वन्द्व निर्देशक दिनेश केसी (डिके) संगै संघर्ष गरेका साहले द्वन्द्व कलाकार हुदै सयभन्दा बढी नेपाली चलचित्रमा साहायक द्वन्द्व निर्देशक भएर भैरव,धुवा,ऐश्वर्या,किस्मत २, हवल्दार सुन्तली,छएकान छ,दुलही,रणविर,बिर्खे लाई चिन्छ्स,ए मेरो हजुर ३,विरबिक्रम, लगाएत धेरै हिट चलचित्रहरु काम गरिसकेका छन् ।
साह नेपाली चलचित्रमा मात्र होईन भोजपुरी चलचित्रमा पनि हिट छन। निर्देशक साह बर्ष भरी नै व्यस्त रहने निर्देशनको रुपमा चिनिन्छन् । द्वन्द्व निर्देशक साहको डेवियु द्वन्द्व निर्देशक बाटै अवार्ड पाउन सफल भएका छन्।
अवार्ड पाएपछि निकै हर्षित द्वन्द्व निर्देशक साहले संचारकर्मी स कुरा गर्दै यो मेरो मात्र सफलता होईन यो चलचित्र भिलेनको र भिलेनको टिमको पनि सफलता हो । बिगत देखि अहिलेसम्म मैले गरेको संघर्षको सफलता हो मेरो लागि यो अवार्ड । म निकै खुसी छु यो अवार्ड पाउदा यो अवार्डले मलाई मेरो काम प्रति अझ उर्जा प्रदान गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles