हुलाकी सडक निर्माणमा प्रयोग भइरहेको स्काभेटरमा आगजनी

गुजरा,२४ पुस ।

रौतहटमा हुलाकी सडक निर्माणमा प्रयोग भइरहेको स्काभेटरमा अज्ञात समुहले आगजनी गरेको छ । गुजरा नगरपालिका ३ मा बिहीबार बिहान बा २ ख ८९५४ नम्बरको स्काभेटरमाथि आगजनी भएको हो । आगजनीबाट स्काभेटरको ईन्जिनमा र बाहिरी भागमा क्षती पुगेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।

गुजराको सिमरी टोलको सडक निर्माणमा प्रयोग हुँदै आएको सो स्काभेटर श्रेष्ठ ढुकुछु सञ्जीवनी निर्माण कम्पनीको भएको र
आगजनीमा संलग्नबारे अहिलेसम्म नखुलेकाले अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय,रौतहटका प्रबक्त नविन कार्कीले जानकारी दिनुभयो ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg