चन्द्रपुर। शिक्षाको अवसरबाट बालबालिका वञ्चित हुन नपरोस् भनेर सरकारले संविधानमा सामुदायिक विद्यालयमा माध्यमिक तहसम्म निःशुल्क शिक्षाको व्यवस्था गरेको छ । तर, रौतहटको चन्द्रपुर नगरपालिकामा रहेको एक सामुदायीक विद्यालयले विद्यार्थीसंग आफुखुसी पैसा उठाउने गरेको अभिभावकहरुको गुनासो छ ।
चन्द्रपुर ६ मोथीयाहीमा रहेको श्री आधारभुत विद्यालयले परिक्षा शुल्कको नाममा रकम उठाउने गरेको आरोप अभिभावकहरुले लगाएका छन् ।
संविधानको धारा ३१ को २ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हकको व्यवस्था गरेको भएपनि विद्यालयका प्रधानाध्यापक लालबाबु कर्णले आफुखुसी विद्यार्थीसंग रकम असुलेको अभिभावक बलिराम चौधरीले गुनासो गरे ।
त्रैमासिक र वार्षिक परीक्षा सञ्चालनका लागि नगरपालिकाले विद्यार्थी संख्याका आधारमा अनुदान दिईरहेको भएपनि विद्यालयका प्र.अ. कर्णले मनमानी ढंगले रकम उठाईरहेको अर्का अभिभावक राजकुमार चौधरीले बताए ।
चन्द्रपुर नगरपालिकामा ४६ वटा सामुदायीक विद्यालय रहेको र सबै विद्यालयलाई हरेक शिर्षकमा रकम निकाशाा गरिएको शिक्षा शाखा प्रमुख कृष्ण सिग्देलले बताए ।
प्रमुख सिग्देलले कुनै पनि बहानामा विद्यार्थीसंग रकम लिन नपाईने बताउ“दै यसबारेमा शिक्षा शाखाले बुझेर कारवाही अगाडी बढाउने बताए ।
परिक्षाका लागी चाहिने प्रश्नपत्र र उत्तर पुस्तिकाका लागी नगरपालिकाले ३ लाख ५० हजार बिनियोजन गरिसकेको बताउ“दै उनले यदी अन्य बहाना बनाएर रकम लिइएको हो भने कारवाही हुने बताए ।
अभिभावकहरुका अनुसार प्रति विद्यार्थी २ सय देखी ४ सय सम्म सुल्न लिने गरेको तर, रसिद नदिईकन रकम पचाउन प्र.अ. र विद्यालय व्यवस्थान समिति लागेको बुझिन्छ । अझ रोचक कुरा त के छ भने पुरानो विद्यालय व्यवस्थापन समितिको समय मंसिर ८ गतेनै सकिसकेको भएपनि नया“ समिति नबनाईकनै निवर्तमान अध्यक्ष जितेन्द्र चौधरी अध्यक्ष पदमा बिराजमान रहिरहेका छन् । यसको अभिभावकहरुले चर्काे बिरोध जनाएका छन् ।
उनीहरुले परिक्षाका नाममा लिईएको रकम फिर्ता हुनुपर्ने र दोषीलाई कारवाही हुनुपर्ने माग राखेका छन् ।
शिक्षाको क्षेत्रमा पीछडिएको रौतहट जिल्लामा अनेक बहानामा विद्यार्थी र अभिभावक लुट्ने प्र.अ. र व्यवस्थापन समितिका सदस्यहरुलाई कारवाहाी नभएकै कारण मनलाग्दी गर्ने गरेको शिक्षाविदहरुको तर्क छ ।