चन्द्रपुर,२४ पुस ।
बागमती बाढीबाट विस्थापित भएकाहरूलाई पुनर्वास गराइएको चन्द्रपुर नगरपालिका–१ मंगलपुरस्थित बस्तीमा हिजोआज विस्थापीतहरु देखिंदैनन् । २०५० सालको बाढीले गढौ र पौराईका झन्डै ५ सय घरधुरी बगायो र उनीहरू वासस्थान माग्दै आन्दोलनमा उत्रिएपछि सरकारले दातृ निकायको सहयोगमा पक्की घर बनाएर पुनर्वास गराएको थियो । चीनको चुची फाउन्डेसनले बनाइदिएको उक्त बस्ती अहिले रित्तो हुन थालेको छ ।
घर पाए पनि उनीहरूले कमाउने आधार नपाएपछि उनीहरु दातृनिकायले दिएको घर छाडेर हिडेका छन् । जीविकोपार्जनमा समस्या परेको भन्दै घर बेचेर अन्यत्र गएका हुन । जंगलबाट दाउरा ल्याएर बेच्न थालेका केहीलाई वनले पक्रेर कारबाही गर्न थल्यो,केही अभिभावकहरू बाहिर कमाउन जाने, छोराछोरी जाल बोकेर बागमतीमा माछा मार्न थाले । कोही बगरमा ढुंगागिट्टी संकलन गर्न थाले । यतिले पनि जीवन धान्न नसकेपछि आधाभन्दा बढी स्थानीयले बस्ती छाडेर गएका स्थानीय समाजसेवी समिर कार्कीले बताए ।
पक्की घर उनीहरूले सस्तो मूल्यमा बेचेर हिंडेका छन् । सहयोगमा पाएको घर किन्नेहरूले त्यसलाई भत्काएर नया“ महल खडा गरेका छन । सुकुम्बासीका नामले चिनिने बस्तीमा अहिले सुकुम्बासी कमै भेटिने गरेको कार्कीले बताए ।
स्थायी रोजगारी र आर्थिक अभाव देखाउदै विस्थापितले १५ हजारदेखि ३ लाखसम्ममा घर र जमिन बेचेर हिंडेका हुन । बागमति र गाढौका गरी ३ सय घुरधुरीले सो स्थानमा घर पाएका थिए । त्यस बेला बाढीबाट जिल्लामा झन्डै ५ करोडको क्षति पुगेको थियोरु। सरकारले बासको व्यवस्था गरे पनि रोजगारी नदिएकाले बस्ती छाड्न बाध्य भएको जगदीश सहनीले बताएरु। उनले पत्नीको उपचारका लागि भन्दै स्थानीय कर्ण भण्डारीलाई ६० हजारमा घर बेचेका थिए ।
ती घरको लालपुर्जा नभएकाले खरिद गर्नेहरूले पीडितस“ग दोब्बर रकम राखेर कागज बनाउने गरेका छन ।