हनुमत कुमार
गौर,२६ पुस ।
रौतहटमा दिनानुदिन बढ्दै गएको सडक दुर्घटनाले रौतहट नै यात्रुहरु त्रसित बन्दै गएको छ । रौतहटमा एकैदिन छुट्छुटै स्थानमा ट्रयाक्टरको ठक्करबाट तीन जनाको मृत्यु भएको छ,भने एक जना घाइते भएका छन् ।
टिप्पर आतंकपछि ट्रयाक्टरको ठक्करबाट मृत्यु हुनेको संख्या पनि बढ्न थालेको छ । २४ घण्टा भित्र जिल्लाका विभिन्न स्थानमा ट्याक्टरको ठक्कर बाट तिनजनाको मृत्यु भएको हो । गौर चन्द्रपुर सडकखण्डको शुकदेव चोकमा ना ५ त ९२६७ नम्बरको ट्रयाक्टरले ना ४८ प ५७६ नम्बरको मोटरसाईकललाई बिहिवार राती ठक्कर दिंदा मोटरसाईकलमा सवार माधवनारायण नगरपालिका ६ माधोपुरका ४५ बर्षिय रामअधार ठाकुरको मृत्यु भएको हो ।
ठक्कर बाट गम्भिर घाईते सोही ठा“उका मोटरसाईकल चालक बर्ष २२ को सुसिल ठाकुरको बिरगंज स्थित तराई अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले बताए ।
ठक्कर दिने ट्रयाक्टर चालक सन्तोष साहलाई ईलाका प्रहरी कार्यालय गरुडाले नियन्त्रणमा लिएको छ । त्यसैगरी गएराती बृन्दाबन नगरपालिका ७ धमौरा स्थित गौर चपुर सडकखण्डमा आलु लोडगरी हर्षाहा तर्फ गईरहेको ना ७ च ६१६९ नम्बरको ट्रयाक्टरले पैदलयात्रु देवाही गोनाही नगरपालिका ४ का बर्ष ३५ की मिरादेवीलाई ठक्कर दिदा उनको उपचारको क्रममा बिरगंज स्थित सिटि अस्पतालमा मृत्यु भएको गरुडाका प्रहरी नायब उपरीक्षक महतोले बताए ।
ठक्कर दिने ट्रयाक्ट्र चालक बारा जिल्लाको पचरौता नगरपालिका ४ का २८ वर्षिय गुडु यादवलाई ईलाका प्रहरी कार्यालय गरुडाले नियन्त्रणमा लिएको छ ।
त्यस्तै कटहरिया नगरपालिका ९ डुमरिया स्थित बाबा बैजुनाथ सुगर एण्ड केमिकल ईन्डसट्जिमा उखु लिएर गएको ना १ त ४१४० नम्बरको ट्रयाक्टरले गएराती किचेर अन्दाजी ३५ बर्षिय एकजना पहिचान खुल्न नसकेको पुरुषको घटनास्थलमै मृत्यु भएको छ । उक्त ट्रयाक्टरका चालक भने फरार रहेको तथा घटनाबारे छानबिन भईरहेको प्रहरीले जनाएको छ ।
केहीसमय देखी अधिकांश ट्रयाक्टर तिव्र गतीमा चलाउने र उखु ढुवानीको सिजनमा अधिकांश चालक सिकारु हुने भएकाले जिल्लामा दुर्घटनामा बृद्धी भएको प्रहरीको अनुमान गरेको छ । पछिल्लो समय रौतहट जिल्लामा सवारी दुर्घटना बढ्न थालेको छ । सवारी साधन चलाउदा ट्राफिक नियम पाल्न नगर्ने र विशेष सावधानी नअपनाउदा सवारी दुर्घटनामा वृद्धि भएको देखिएको छ ।