चन्द्रपुरको चन्द्र सुर्य ठग सहकारी,अध्यक्ष र व्यबस्थापक माथि प्रहरीमा उजुरी

चन्द्रपुर,२६ पुस ।
रौतहटको चन्द्रपुरमा रहेको चन्द्र सुर्य बचत तथा ऋण सहकारी संस्थाले बिचत गरेको शेयर सदस्यको रकम फिर्ता नदिने गरेको गुनासो बढेको छ ।
सहकारीको नाममा ठगि गरेको भन्दै सो सहकारी संस्थाका अध्यक्ष लालबाबु कर्ण र ब्यबस्थापक राम बचन ठाकुर माथि ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर, चन्द्रपुर नगरपालिकामा उजुरी परेको छ । सो संस्थाका ऋण उप समितिका संयोजक शेष वाहिद अलीको बचत गरेको १ लाख १२ हजार र अर्का शेयर सदस्य दिपेन्द्र कुमार साह १० हजार रुपैया फिर्ता नदिएको भन्दै ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा उजुरी दर्ता भएको हो ।
लामो समय देखि साधारण सभा समेत नगरेको सो सहकारीले अधिकास शेयर सदस्यको रकम फिर्ता नदिई अपचलन गर्ने गरेको खुलेको छ ।
सहकारी मार्फत गरिबी निबारण गर्नु पर्नेमा सो सहकारीले बचतको रकम समेत फिर्ता नदिएपछि शेयर सदस्य लाई झनै गरिब बनाउन लागेको भन्दै शेयर सदस्यले आपती जनाएका छन ।
श्री आधारभुत प्राथमिक बिद्यालय चन्द्रपुर–६ का प्रध्यानध्यापक समेत रहेका कर्ण सोह सहकारी संस्थाका अध्यक्ष हुन ।
तीन बर्ष अघिको १० हजार रुपैया फिर्ता माग्दा आफुले नपाएको शेयर सदस्य दिपेन्द्र कुमार साहले बताए । सहकारीका ऋण संयोजक समेत रहेका शेख वाहिद अलीे (फुलबाबु)ं ले आफुले पटक–पटक रकम माग्दा नपाएको दुखेसो पोखे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles