गौर,०१ माघ ।
रौतहटमा दलित महिलालाई ठगी गरेको आरोपमा १ जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । जिल्लाको फतुवा विजयपुर नगरपालिकामा समूह गठनगरी रकम असुली गर्ने एकजना पक्राउ परेका छन् । सो नगरक्षेत्रका विभिन्न टोलमा दलित महिलाहरुलाई ठगी गरेको आरोपमा ज्ञानेन्द्र कुमार मिश्र पक्राउ परेका हुन् ।
युएन एलआरपी चन्द्रपुर–४ नामको नक्कली समूह गठन गरेर रकम लगानी गर्ने आश्वासन दिएर झण्डै दुई दर्जन दलित महिलालाई ठगी गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।
सलार्ही बलरा नपा ३ का स्थाई ठेगाना भएका मिश्र फतुवा बिजयपुर नपा ८ का महिलाहरुस“ग रकम असुली गरिरहेको सूचनाको आधारमा पक्राउ परेको इलाका प्रहरी कार्यालय बिजयपुरले जनाएको छ ।
मिश्रलाई ठगी सम्बन्धि मुद्धा दर्ता गरी जिल्ला अदालत गौरबाट सात दिनको म्याद थमाई कानुनी कार्वाहीको प्रक्रियालाई अघि बढाइने प्रहरीले जनाएको छ । आफु युएन एलआर पी नामक संस्थाको प्रतिनिधि रहेको र ५० हजार लगानीको लागी पाँचसय, एकलाखको लागी १५ सय र एकलाख ५० हजारका लागी जनही दुईहजार दुईसय ५० गरी २३ जना महिला बाट ४१ हजार रुपैया“ लिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका मिश्रको साथबाट ४१ हजार नगद, एक थान मोटरसाईकल, एक थान क्यामरा, दुई थान मोबाईलसेट र एकथान क्यालकुलेटर समेत बरामद भएको ईलाका प्रहरी कार्यालय बिजयपुरका प्रमुख प्रहरी निरिक्षक चन्द्रकिशोर साहले बताए ।