चन्द्रपुर,०१ माघ ।
एक ब्यक्तिको हत्या गरी फरार रहेका सात जना लाई प्रहरीले पक्राउ गरेको छ ।
गएको पौष २९ गते सर्लाहीको बाग्मती नगरपालिका–९ निबासी ५० बर्षिय जीत बहादुर बलमपाखी मगरलाई चन्द्रपुरको कुण्डो भन्ने स्थामा कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले मकबानपुरको बाग्मती गाउपालिका बसोबास गर्ने सात जना लाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा वाग्मती गाउपालिका वडा नं.२ निबासी ३६ बर्षिय दान बहादुर ठाडामगर, १९ बर्षिय टेक बहादुर ठाडा मगर, २६ बर्षिय कृष्ण बहादुर ठाडामगर, २२ बर्षिय नविन ठाडामगर, २० बर्षिय सुर्य बहादुर ठाडामगर, २६ बर्षिय बिजय ठाडामगर भन्ने बिनोद कुमार ठाडामगर २२ बर्षिय शेर बहादुर आले मगर रहेका छन् ।
उनीहरुलाई पक्राउ गरेर आवश्यक अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।


