चन्द्रपुर/चन्द्रपुर नगरपालिकाका मेयर रामचन्द्र चौधरीले ट्राफिक व्यवस्थापनका लागी नगरपालिकाले गर्नुपर्ने सबै किसिमको सहयोग गर्ने तयार रहेको बताउनुभयो । रौतहटको चन्द्रपुरमा आईतबार सडक डिभिजनले आयोजना गरेको ट्राफिक जनचेतनामुलक सडक बोर्ड हस्तान्तरण कार्यक्रममा बोल्दै मेयर चौधरीले कर्मचारीको अभावका कारण ट्राफिक व्यवस्थापनका लागी दिईने भनिएको सामाग्री दिन ढिलाई भएको बताउ“दै अवको केही दिनमै ट्राफिक प्रहरीलाई चाहिने सामाग्री दिईने बताउनुभयो ।
मेयर चौधरीले सडक अतिक्रमण हटाउ“दै समुन्नत नगर बनाउन नगरपालिका प्रतिबद्द रहेको जनाउ“दै नगरबासीहरुले पनि ट्राफिक नियमको पालना ईमान्दारिताका साथ गर्ने हो भने ट्राफिक व्यवस्थापनमा सहजता थपिने र दुर्घट्ना समेत न्युनीकरण हुने बताउनुभयो ।
सोही कार्यक्रममा सडक डिभिजन चन्द्रनिगाहपुरका प्रमुख दारोगा प्रसाद साहले सडक अतिक्रमणका कारण दुर्घटना बढेकाले अब चा“डै सूचना जारी गरेर अतिक्रमित सडक खाली गराउनेतर्फ कार्यालय लाग्ने बताउनुभयो ।
उहा“ले जनसंख्या र सवारी साधन कम भएको अवस्थामा निर्मित सडक सा“घुरा भएकाले समेत दुर्घट्ना बढेको हुनसक्ने धारणा राख्दै सडक फराकिलो गर्न आवश्यक पहल थाल्ने बताउनुभयो ।