सडक अतिक्रमण एउटा रोग जस्तैःएसपी खड्का

चन्द्रपुर:रौतहटको चन्द्रपुरमा आईतबार सडक डिभिजनले आयोजना गरेको ट्राफिक जनचेतनामुलक सडक बोर्ड हस्तान्तरण कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय,रौतहटका प्रमुख एसपी रबिराज खड्काले ट्राफिक व्यवस्थापनका लागी सडक डिभिजन,ट्राफिक र जनपथ प्रहरी सहित स्थानीय सरकार समेत संगसंगै अघि बढ्नुपर्ने धारणा राख्नु भयो । एसपी खड्काले सडकमा मानिस,पशुचौपाया र गाडी हिड्ने भएकाले यसको प्रयोगमा मानिसलेनै चनाखो हुनुपर्ने बताउनुभयो । उहा“ले सडकमा जथाभावी छाडिने पशु चौपायाका कारण पनि दुर्घटना हुने भएकाले पशुचौपाया जथाभावी छाड्नेलाई सम्भाउनुपर्ने र अटेर गरेमा कारवाही गर्नुपर्ने बताउनुभयो ।
उहा“ले सडक अतिक्रमण एउटा रोगको रुपमा रहेकाले पहिला सडक डिभिजन र स्थानीय सरकारले आफ्नो क्षेत्रको सडक अतिक्रमण हटाएर जनतामाझ जनचेतना फैलाउनु आजको आवश्यकता रहेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles