चन्द्रपुर /प्रदेश २ ट्राफिक प्रहरी प्रमुख एसपी श्याम कुमार महतोले मानवीय त्रुटी र लापरवाहीका कारण सडक दुर्घट्ना बढेको बताउनुभएको छ । रौतहटको चन्द्रपुरमा आईतबार सडक डिभिजनले आयोजना गरेको ट्राफिक जनचेतनामुलक सडक बोर्ड हस्तान्तरण कार्यक्रममा बोल्दै एसपी महतोले चालकको लापरवाही,गलत ओभरटेक,मापसे,हेल्मेटको प्रयोग नगर्नु,सिट क्षमताभन्दा बढी यात्रु बोक्नु,सिट बेल्टको प्रयोग नगर्नु,तिब्र गतिमा सवारी चलाउनु र गलत रुपमा बत्तीको प्रयोग गर्नुका कारण बढी दुर्घट्ना हुने गरेका कारण यसको न्युनीकरणका लागी सबैले सकयोग गर्नुपर्ने बताउनुभयो । एसपी महतोले प्रदेश २ को ८ वटा जिल्लामा जम्मा ३ सय ७८ जना मात्र ट्राफिक जनशक्ति भएको बताउ“दै एक प्रहरीको भागमा १२.५ किलोमिटर सडक ,१९ सय ५१ सवारी साधन र १३ हजार २ सय जनता हेर्नुपर्ने बाध्यता रहेकाले थप जनशक्तिको आवश्यकता रहेको बताउनुभयो ।
एसपी महतोले ट्राफिक नियम पालना गराउन खटिएका ट्राफिक प्रहरीले नियत बिपरीतका सवारी साधनलाई कारवाही गर्ने गरेको भएपनि जनचेतनाको कमीका कारण नियम उल्लंन हुने गरेकाले दुर्घटना बढेको बताउनुभयो । उहा“ले ट्राफिकले कडाई गर्दा ज्यादती भयो भन्ने सम्मका आरोप खेप्नुपरिरहेको अवस्थामा जनता,सुरक्षाकर्मी,सामाजिक अभियान्ताहरु सबै मिलेमा दुर्घटना नुनीकरण गर्न सहज हुने र ट्राफिक व्यवस्थापन पनि राम्रो हुने भएकाले सबैसंग सहयोगका लागी अनुरोध समेत गर्नुभएको छ ।