पतौरामा ब्रिटिश पुरातात्विकका शोधकर्ताहरुद्धारा अध्ययन सुरु

पतौरा / ११ औं शताब्दी अघि कर्णाटकालिन समयमा निर्माण गरिएको शिव मन्दिर फेला परेपछि व्रिटिश पुरातात्विक विभागका शोधकर्ताहरुले स्थलगत रुपमा अध्ययन सुरु गरेका छन् । रौतहटको मौलापुर नगरपालिकाको पतौरामा ब्रिटिश पुरातात्विकको शोधकर्ताहरुद्धारा अध्ययन सुरु भएको मौलापुर नगरपालिकाले जनाएको छ ।
झण्डै दुई दशक अघि मन्दिरको कुनै संरचना नभएपनि राजदेवी नगरपालिकाको मुडवलवा बस्ने राजकिशोर यादव जग्गाधनी भएको स्थानीय जमिरीलाल साह कानुले मोही भोग गर्दै आएको उक्त जग्गामा माटो खन्ने क्रममा पुराना ईट्टाहरु भेटिएपछि उत्खनन् गर्ने क्रममा मन्दिरको संरचना भेटिएको स्थानीयले बताएका छन् ।
पतौरामा शताब्दीऔं पुरानो शिवमंदिर फेला परेपछि रौतहट क्षेत्र नम्वर ३ का संघिय सांसद तथा नेकपा प्रदेश नम्वर २ का अध्यक्ष प्रभु साहको प्रयासमा नेपाली पुरातात्विक विभागबाट समेत टोलीहरु आएर स्थलगत रुपमा अध्ययन गरिसकेको छन भने गएको शनिवार बाट मात्रै उनकै आग्रहमा बेलायतको दुर्हाम विश्वविद्यालयको पुरातात्विक टोलीले स्थलगत अध्ययन सुरु गरेको मौलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र साहले बताए ।
जमिनमुनि दुई मिटरसम्मको पुरातात्विक एक्सरे गर्न सक्ने मेसिनको सहायताले शोधकर्ता टोलीले अध्ययन सुरु गरेको छ । डेढ वर्ष देखि वरिष्ठ पुरातत्वविद नारानन्द मिश्रको निगरानीमा पतौरा महादेव मन्दिरको उत्खनन तथा संरक्षण गर्ने काम भइरहेको छ । प्रारम्भिक अध्ययनको नतिजाले मन्दिरको संरचना कर्णाटकालीन भएको देखिएको मौलापुर नगरपालिकाका इन्जिनियर अशोक साहले बताए । सामान्य सतह देखि करिव २२ फिट सम्म उत्खनन गर्दै जा“दा मन्दिरको संरचना फेला परेको थियो ।
सिम्रौनगढमा कर्णाट वंशीय शासन स्थापना हुने समयमै रौतहटको ईशनाथ मन्दिर (स्थापना १११४ वि.सं.)लाई विचार गर्दा पतौराको महादेव मन्दिर अझ पुरानो भएको हुन सक्ने अनुमान ईतिहा“स बिदहरुको छ ।
आगामी फागुन ६ गते राष्ट्रपति विद्यादेवी भन्डारीलाई मन्दिरको अवलोकनका साथै विभिन्न कार्यक्रममा सहभागी हुन मौलापुर आउने कार्यक्रम रहेको र त्यसलाई केन्द्र विन्दूमा राखेर तयारी भइरहेको अधिकृत साहले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles