गरीव,दुःखीलाई न्यानो बाड्दै,समाजसेवा गर्दै तिमलसिना

चन्द्रपुर / तराईमा पातलो ज्यान भएका एक इ—रिक्साचालकको समाजसेवा सबैका लागि प्रेरणादायी बनेको छ । देशीविदेशी संघ—संस्थाबाट पाएको पैसा र कपडाले मौसमी र फाइदाको समाजसेवा गर्नेहरूका लागि चन्द्रनिगहापुरका रिक्साचालकको सामाजिक काम एउटा गतिलो पाठ बनेको छ । दैनिक १२ घण्टासम्म ई—रिक्सा चलाउ“दै घर परिवार धान्दै आएका आर्थिक अवस्था ससमेत कमजोर रहेका चन््द्रनिगाहापुरका रिक्साचालक केदारप्रसाद तिमल्सिनालाई चिन्न उनीसंग एकपटक भेटेर मात्रै पुग्दैन ।
उनको रिक्सामा बसेर मध्यतराईका केही सहर घुम्ने समय निस्किए थाहा हुन्छ, उनी एक सामन्य रिक्साचालक मात्र होइनन् ।
चन्द्रपुर ४ स्थायी घर भएका तिमलसिना उमेरले ४० कटिसकेका छन् । उनी आफैं बिरामी भएर ओछ्यान परे भने उनको घरको चुल्हो समेत नबल्ने अवस्था छ । दुःखमा बा“चिरहेका यी रिक्साचालक भने समाजसेवा गर्न पछि हटदैनन् र बिगत केही बर्षदेखी समाजसेवामा तल्लीन छन् ।
तिमल्सिनाले रिक्सा चलाएर परिवार धानेको दस वर्ष भइसकेको छ । अहिले उनी इरिक्सा चलाउ“छन् । फरक यति हो यही रिक्साबाटै गरिब र दिनदुखीलाई सहयोग बा“ड्छन् । हरेक वर्ष जिल्लामा बाढी, जाडो, आगलागीबाट धेरै जनधनको क्षति हुने गरेको छ । पीडितलाई उनी सहयोग गर्न पुग्छन् ।
यस वर्ष तिमल्सिनाले चन्द्रपुरनिगाहपुर,डुमरीया,बृन्दावन लगायत जिल्लाभका विभिन्न गाउ“मा मुसहर, बाढीपीडित बस्ती र गाउ“मा पुगेर दलित तथा अतिविपन्न छ हजारभन्दा बढी परिवारलाई सर्ट, पाइन्ट, भेस्ट, कुर्ता—सुरुवाल साडी न्यानो कपडा वितरण गरेका छन् । यसअघिका वर्षहरूमा पनि शितलहर पीडित, बाढीपीडितहरूलाई उनले न्यानो कपडा, खाद्यान्न वितरण गरेका थिए ।
अघिल्लो वर्ष मात्रै चिसोका कारण रौतहटमा २३ जनाले ज्यान गुमाउनु परेकाले यो बर्ष अझ बढी न्यानो कपडा बा“ड्ने लक्ष्य राखेको उनी बताउ“छन् ।
आफ्नै आ“खा अगाडि शीतलहरले गाउ“ले मरेको देखेका तिमल्सिनाले तराईका जिल्लामा शीतलहरबाट मृत्यु हुनेहरूको कटू यथार्थ सञ्चारमाध्यमबाट पटक—पटक बाहिर ल्याए । कुनै सरकारी निकाय तथा गैरसरकारी संस्थाहरूले चासो नदेखाएपछि यो अभियानमा लागेको उनी आफैं बताउ“छन् । शीतलहरबाट हुने मानवीय क्षतिको कुरा दुनिया सामू ल्याए पनि गरिबहरूको ज्यान बचाउन कसैले चासो नदिएपछि आफैं न्यानो कपडा जुटाउने अभियानमा लागेको उनले बताए । उनले अहिले दिनहु“जसो आफ्ना निजी तथा सामाजिक कामबारे फेसबुक, स्थानीय रेडियो र पत्रपत्रिकाबाट जानकारी दि“दै आएका छन् । त्यही जानकारीपछि दाताले उनलाई कपडा र पैसा जुटाइदिन्छन, उनी बा“ड्छन्। यो अभियान थाल्न प्रेरणा भने उनी आफैंबाट पाएका हुन् । उनकोे समाजसेवा धेरैका लागी प्रेरणाको स्रोत बन्न पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles