चन्द्रपुर,७ माघ । उपभोक्ता हित संरक्षण मंच रौतहटले अस्पताल तथा औषधि पसलहरुको अनुगमन हुनुपर्ने भन्दै प्रेस विज्ञप्ती जारी गरेको छ ।
चन्द्रपुर नगरपालिका भित्र तिब्र गतिमा बढीरहेको शहरीकरणसंगै मानव स्वास्थ्यसंग सम्बन्धित संस्था (निजि अस्पताल) र औषधि बिक्रेताहरुको संख्या पनि बढदै गईरहेको अवस्थामा स्थानीय सरकारले अनुगमन नगरेको भन्दै मञ्चले विज्ञप्तीमार्फत अनुगमन गर्न माग गरेको छ ।
मञ्चका अध्यक्ष टिका घिमिरेद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ,‘मानव स्वास्थ्यसंंग प्रत्यक्ष सम्बन्धराख्ने यि संस्था र औषधि बिक्रेताहरु कानूनी साथै सेवा प्रदानका लागि मापदण्ड मुताविक रहे÷नरहेको बुझ्न नितान्त आवश्यक देखिन्छ ।’ ‘यस सम्बन्धमा यि संस्था र औषधि बिक्रेताहरुले आम बिरामी तथा तिनका अभिभावक संग चर्को मूल्य लिने, यहा“ इलाज हुननसक्ने बिरामीहरुलाई यही इलाज हुन्छ भनि झुटबोलेर आर्थिक ठगी गर्ने, मेडिकली डाक्टर नरहेका ब्यक्तिहरुले नक्कली डाक्टर भई इलाज गर्ने, म्याद नाधेका औषधिहरु बेच्ने जस्ता उपभोक्ता हित संरक्षणका बिरुद्धमा कुकर्महरु भईरहेको भनि आम उपभोक्ताहरुबाट ब्यापक रुपमा आईरहेको गुनासाहरु प्रति यस उपभोक्ता हित संरक्षण मंचको गम्भिर ध्यानाकर्षण भएको छ ।’
उपभोक्ता हित संरक्षण ऐन २०७५ ले सुनिश्चित गरेका उपभोक्ताका मौलिक स्वास्थ्य अधिकार विरुद्ध भईरहेका ठगी कार्यलाई रोक्नको लागि जिम्मेवार र जवाफदेही निकाय नगरपालिका कार्यालय र प्रहरी÷प्र्रशासनबाट यथाशक्य छिटो उपभोक्ता हितमा परिणाममुखी कदम चाल्न मञ्चले विज्ञप्तीमार्फत जोडदार माग गरेको छ ।