काठमाण्डौ / सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ११ बु“दे आचारसंहिता जारी गरेको छ । आचारसंहितामा नेता—कार्यकर्ताले आफ्ना छोराछोरीलाई त“ भनेर बोलाउन नपाउने भनिएको छ । नेकपाले जारी गरेको ११ बु“दे आचारसंहितामा घरपरिवारदेखि समसामयिक विषयमा के कसरी विचार निर्माण गर्ने भनेर सिकाइएको छ ।
संगठन विभागका प्रमुख वामदेव गौतमसहितको समितिले बनाएको आचार संहिता केन्द्रीय सचिवालयले पारित गरेपछि मुलुकभर परिपत्र गरिएको छ ।
आचारसंहिताको बु“दा नम्बर २ मा सबै तहका नेता, कार्यकर्ता र पार्टी सदस्यले परिवारमा कस्तो आचरण गर्ने भनेर उल्लेख छ । कसैलाई तँ भन्न पूर्ण रूपले बन्द गर्नुपर्ने उक्त बु“दामा उल्लेख छ ।
‘परिवारका सदस्य र अरूसंग बोलिने भाषा मर्र्यािदत, सरल र मिठासपूर्ण बनाउनुपर्छ । कसैलाई पनि हेलाहोचो, एकारान्त तथा तँ भन्न पूर्णरूपले बन्द गर्नुपर्ने आचारसंहितामा उल्लेख छ । पार्टी सदस्यहरूले बेला बेलाबेलामा आफ्नो परिवारका सदस्यको बैठक बसालेर सबैलाई सल्लाह सुझाव दिनु पर्ने पनि आचारसंहितामा भनिएको छ ।
‘१६ वर्ष पुगेका परिवारका सबै सदस्यहरूका बीच दिनभरि गर्नुपर्ने घरका कामहरू सम्पन्न गर्न कार्य्विभाजन गर्नुपर्छ। कार्र्यिवभाजन गर्दा सबभन्दा अफ्ठेरो काम आफूले लिनुपर्छ ।
परिवारका सदस्यहरू सबैसंगै बसेर खाना खानुपर्छ ।’ आचारसंहितामा भनिएको छ । समाजमा रहेका कुरीति, रूढीवादी संस्कार, भेदभाव, छुवाछूत र महिलामाथि हुने हिंसाविरूद्ध सधैं खडा हुन संहितामा सदस्यहरूलाई भनिएको छ ।
घरेलु श्रमिक नराख्न, पा“चवर्ष पुगेका बालबालिकालाई अनिवार्य स्कुल पठाउन समेत नेकपाले आचारसंहितामार्फत भनेको छ । छोराछोरीको बिहे मितव्ययी बनाउनु पर्ने पनि सोही बु“दामा उल्लेख छ । आचारसंहिताको १ नम्बर बुँदामा पार्टी सदस्यहरूले आफ्नो कमाइबाट राज्यलाई कर तिर्न, जीवन निर्वाह गर्न र पार्टीलाई नियमित लेबी बुझाउन निर्देशन दिइएको छ ।