चन्द्रपुर,८ माघ । चन्द्रनिगाहपुरमा रहेको मुनलाईट एकेडेमीले बुधबारदेखी खेल सप्ताह सुरु गरेको छ । एकेडेमीको आफ्नो बार्षिक क्यालेण्डर अनुसार अध्यनरत बिद्यार्थी माझ बिभिन्न बिद्याको खेल प्रतिस्पर्धा गराईदैछ । खेल सप्ताहको उद्घाटन समारोहमा चन्द्रपुर नगरपालिकाको शिक्षा, युबा तथा खेलकुद शाखाका प्रमुख,उपसचिब कृष्ण सिग्देलले मानब जीबनमा स्वस्थ रहन खेलकुदको भुमिका मुख्य रहेको बताए ।
उनले खेलबाटनै मानिसको स्मरणशक्ति,शारिरीक बिकास हुने भएकाले बिद्यार्थी जीबनमा खेलकुदमा सहभागि हुनु महत्वपुर्ण हुन आउने बताए । सो कार्यक्रममा ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका शाखा अधिकृत हेमराज फुयालले प्रदेश नम्बर २ मा उत्कृष्ट रहेको मुनलाईट एकेडेमीको नाममा शिक्षा संगसंगै खेलकुद क्षेत्रमा समेत देशमै अग्रणी रहोस भन्दै शुभकामना दिएका थिए । यस्तै अखिल नेपाल फुटबल संघको प्रदेशनम्बर २ को लिग फुटबल संयोजक नेपाल कार्कीले बिद्यालयमा अध्यनरत बिद्यार्थीहरुको मनोेभाबनाको बिकासका लागि खेलक्षेत्रमा सहभागि गराउ“दै लैजानु पर्ने सुझाए । सोही कार्यक्रममा बिद्यालय संचालक समितिका सदस्य बिभु पोखरेलले बिद्यालयले शैक्षिक क्षेत्रका अलावा बिद्यार्थी माझ अतिरिक्त क्रियाकलापमा खेलकुद, साहित्य क्रियाकलापमा समेत जोड दि“दै आएको बताए ।
बिद्यालयका प्रिन्सिपल श्याम चौधरीले खेल सप्ताहको महत्वको बिषयमा जानकारी गराएका थिए । बिद्यालयमा अध्यनरत बिद्यार्थी जोसना अधिकारी, स्मृती कणेल र रितिका लामाले खेलकुल क्षेत्र र बिद्यालयले आयोजना गर्न लागेको खेल सप्ताहको बिषयमा आफनो धारणा राखेका थिए । मुनलाईट एकेडेमीका संस्थापक अध्यक्ष बिनोद घिमिरेको अध्यक्षतामा भएको सो कार्यक्रमको संचालन दिपक घिमिरेले गर्नु भएको थियो ।
उद्घाटन सत्रलाई समापन गर्दै अध्यक्ष घिमिरेले आफना बिद्यालयमा अध्यनरत बिद्यार्थीहरुको लागि हरेक क्रियाकलापमा सहभागि गराउदै लैजाने नीति बिद्यालयले लिएको बताए । कार्यक्रममा रौतहट जिल्ला फुटबल संघका अध्यक्ष भगवान दर्लामी, महासचिब मधुसुदन धिताल, गुञ्जन एफएमका स्टेशन म्यानेजर सञ्जय कार्की, समाजसेबी केदार थापा लगायतले खेलकुदको महत्वको बिषयमा प्रकाश पार्दै खेल सप्ताहको सफलताको शुभकामना दिएका थिए ।