मुकेश कुमार साह
गुजरा,९ माघ ।
केहीदिन देखी बढेको जाडो र शीतलहरका कारण रौतहटमा एकजनाको मृत्यु भएको छ ।
जाडोबाट कठ्या“िग्रएर रौतहटको गुजरा नगरपालिका ७ प्रतापर्पु पल्टुवा निवासी ३८ वर्षीय महेन्द्र रामको मंगलवार बिहान ५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । उनको सुतेकै अवस्थामा ओछ्यानमै कठांग्रिएर मृत्यु भएको हो । उनी बस्दै आएको सानो झुप्रोमा एउटा मात्र कोठा भएको कारण भाई(बुहारी कोठामा र उनी पिढीमा सुत्न बाध्य रहेका थिए । महेन्द्रको मृत्यु भएपछि दुई छोरा ८ बर्षीय सुनिल राम र ६ बर्षिय अमिन रामको बिचल्ली भएको छ । उनीहरुको पढाई लेखाईमा समेत बाधा पुग्ने देखिएको छ । महेन्द्र को भाईबुहारी सुखली देबीलाई अहिले छोरा भतिजाहरुको साझ—बिहान भोक मार्ने चिन्ताले गा“जेको छ । सुखली देविका श्रीमान खहेरु रामको ४ बर्ष पहिले टीबि कारण मृत्यु भएको थियो । भाईको मृत्यु भएपछी महेन्द्रले ज्याला मजदुरी गरी घर परिवार चलाईरहेका थिए । कमाउने मान्छेको नै मृत्यु भएपछी उनीहरुको जीवनयापनमा समस्या आएको छ । शुखली देबीको घरमा अन्नको दाना पनि छैन । उनको परिवारमा अहिले सहयोगको आवश्यकता परेको छ । राम परिवारलाई गुजरा नपा ७ का वडा अध्यक्ष्य मोफिल चौधरीले क्रिया खर्च दिने तथा थप सहयोग को नगरपालिकामा लागी पहल गर्ने बताएका छन् ।