रौतहटमा बिशेष आर्थिक विकाश क्षेत्र (सेज) अलपत्र

चन्द्रपुर,१२ माघ ।
रौतहटको चन्द्रपुर नगरपालिकामा बिशेष आर्थिक विकाश क्षेत्र (सेज) स्थापना कार्य यतिबेला सेलाउदै अन्यौलमा परेको छ ।
वर्षाैअघि सम्भाब्यता अध्ययन थालेको सेजका लागि यस वर्ष बजेट विनियोजन नहुदा अहिले अलपत्र र अन्यौल परेको देखिएको हो ।
यसअघि सेज स्थापना गर्न भनि प्राविधिकहरु सहितको एक टोलीले सेज स्थापना हुने क्षेत्रको स्थलगत हेरेको निकै समय भयो । त्यतिबेला सेज आउने खबरले यहाका स्थानीय हर्षित थिए । तर,टोली आएको वर्षाै बितिसक्दासमेत सेजको काम नदेख्दा यहा“का सरोकारवाला र स्थानीयमा निराशा देखिएको छ ।
कन्सल्टेन्सीका प्राविधिकसहितको टोलीले सम्भाब्यता अध्ययन थालेको थियो । सेज स्थापनाका लागि पर्याप्त जमिन, भौगोलिक बनावट, वातावरण, यातायात, सडकलगायतको स्थलगत अवलोकन समेत भयो । सेज स्थापनाका दुई सय बिगाहा जमिन चाहिने जनाइएको थियो । सेज छनौट गर्न अध्ययनका लागी बजेट समेत छट्याईएको थियो । तर त्यसयता सेज सेलाएको देखिएको स्थानीय ब्यवसायी दिवाकर सापकोटाले बताए ।
बिकाश क्षेत्रको जमिन छनौट गर्न उद्योग मन्त्रालयका प्राविधिक सहितको टोली यहा आएर सिमांकन र चार किल्लाको काम सकेर फर्किएको जनाईएको थियो । सम्बद्ध निकायद्धारा चन्द्रपुर नगरपालिका वडानम्वर छ,सात र आठमा पर्ने नया“बस्ति उत्तर कोटीहोम पश्चिम र आमखोल्सी पुर्वको वनक्षेत्रको जमिन अवलोकन भएको थियो । चन्द्रपुर नगरापालिकाको सेजको काममा ध्यान दिन संसदको विकास समितिको सभापति कल्याणी खड्का,सभासद देवप्रसाद तिमलसिनाले विशेष जोड र चासो दिनुभएको बताएपनि बजेट भने नआएको जनाइएको छ । सेज चन्द्रपुर नगरपालिकाका लागि महत्वपुर्ण आयोजना रहेकाले यसको काम हुनुपर्नेमा नेकपाका नेता युवराज भट्टराईले जोड दिए । विशेष आर्थिक बिकाश क्षेत्र स्थापनका लागि पहलो चरणको संभाब्यता अध्ययन सकिएको सेजले जनाएको छ । तर,यस वर्ष बजेट नआएकाले डिपिआरको काम गर्न नसकिने बिशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज)का सुचना अधिकारी सुन्दर थापाले बताउनुभयो । उहाँका अनुसार,संभाब्यता अध्ययन सकिएको छ । अर्काे बर्ष सरकारले बजेट विनियोजन गरेपछि डिपिआर तयार गरि काम अघि बढाइने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles