चन्द्रपुर,१३ माघ ।
रौतहटको चन्द्रनिगाहपुरमा जारी चन्द्रपुर उप–मेयर कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिता अन्तर्गत सोमबार दुई खेलमा बासगढी र वालिङ नगरपालिका बिजयी भएको छ । सुर्खेतको बीरेन्द्रनगरपालिका लाई हराउदै बर्दियाको बासगढी नगरपालिका र मोरङको बिराटनगर महानगरपालिका लाई हराउदै स्याङजाको वालिङ नगरपालिका बिजयी भएको छ ।
स्वर्गीय शेर बहादुर दर्लामी हातेमालो खेल मैदानमा भएको पहिलो खेलमा १ का बिरुद्ध ३ गोलले बर्दियाको बा“सगढी नगरपालिका बिजयी भएको छ । खेलको २१ औ मिनेटमा बा“सगढी नगरपालिकाको जर्सीनम्बर ११ की अजिता घर्ती मगरले पहिलो गोल गरेर अग्रता दिलाएकी थिईन ।
खेलको २५ औ मिनेटमा सुर्खेतको बीरेन्द्र नगरपालिकाको जर्सीनम्बर ९ की सुष्मा रोकायाले आफनो टिमको तर्फ बाट गोल गरेकी थिईन ।
उनको गोल लाई बा“सगढी नगरपालिका जर्सीनम्बर ५ की सुष्मिता चौधरीले २७ औ मिनेटमा एक गोल गरेर आफनो टिम लाई हौसला दिलाएपनि मध्यान्तर पछि भएको खेलको ७२ औ मिनेटमा बा“सगढी नगरपालिकाको जर्सीनम्बर ६ की अन्जली खवासले गोल गरेपछि बीरेन्द्रनगरपालिकाको टिम पराजय भोग्यो ।
सो खेलमा बा“सगढी नगरपालिकाका जर्सीनम्बर ५ की सुष्मिता चौधरी वमन अफ दी म्याच बाट घोषित भईन । यस्तै दोस्रो खेलमा मोरङको बिराटनगरमहानगरपालिका लाई शुन्यका बिरुद्ध २ गोलले हराउदै स्याङजाको वालिङ नगरपालिका बिजयी भएको छ ।
मध्यान्तर अघि भएको खेलमा वालिङ नगरपालिकाको जर्सीनम्बर ९ की अनिसा कार्कीले ३९ औ मिनेटमा गोल गर्दै खेल लाई अग्रता दिलाएकी थिईन भने वालिङ नगरपालिकाको जर्सीनम्बर ९ की अनिसा कार्कीले ३९ औ मिनेटमा गोल गर्दै खेल लाई अग्रता दिलाएकी थिईन भने मध्यान्तर पछि भएको खेलमा वालिङ नगरपालिकाको जर्सीनम्बर १० की उदय थापाले ७० औ मिनेट गोल गर्दै खेल लाई बिजयी बनाएकी हुन । उक्त खेलमा वालिङ नगरपालिकाको जर्सी नम्बर ९ की अनिसा कार्की वमन अफ दी म्याच बाट घोषित भएकी थिईन् ।